काठमाडौँ, १४ फागुन ।

राजधानीमा जारी केपी ओली कप राष्ट्रिय फुटबल प्रतियोगिता विभागीय टोली त्रिभुवन आर्मी क्लव र सातादोबाटो युथ क्लवबीचको खेल भारी वर्षा र चट्याङका कारण स्थगित भएको छ ।

अखिल नेपाल फुटबल संघ ९एन्फा० मुख्यालयको मैदानमा आईतवार भारी वर्षा र चट्याङ भएपछि खेल स्थगित भएको हो । पहिलो हाफ गोल रहित बराबरीमा सकिएको खेल ५३ औं मिनेटसम्म चलिरहँदा भारी वर्षा र गड्याङगुडुङ भएपछि आयोजकले दोस्रो हाफको खेल स्थगित गरेको हो । दोस्रो हाफको खेल सोमवार बिहान ११ बजेलाई तय गरिएको छ । सोमवारकै लागि दोस्रो सेमिफाइनल पनि तय गरिएको छ । दोस्रो सेमिफाइनल खेल भने दिनको ३ बजे हुनेछ । खेल मच्छिन्द्र फुटबल क्लव र आयोजक केपी ओली फुटबल क्लवबीच प्रतिष्पर्धा हुनेछ । राष्ट्रिय युवा संघ नेपालले आयोजना गरेको प्रतियोगितामा आठ टोलीको सहभागिता रहेको छ ।

प्रतियोगिताको विजेताले उपाधिसहित १० लाख नगद तथा उपविजेताले ५ लाख नगद प्राप्त गर्ने आयोजकले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here