१२ फाल्गुन २०७९, काठमाडौ।
राष्ट्रपतिको उम्मेदवारको मनोनयन गर्ने दिन नजिकिएसँगै राजनीतिक दल आन्तरिक छलफलमा जुटेका छन् ।
आज बालुवाटारमा जसपा नेपाल ,नेकपा माओवादी केन्द्र , नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी, को बैठक जारी रहेको छ । राष्ट्रपतिको मनोनयन दर्ता भोलि फागुन १३ गते छ। मनोनय दर्ता अघि चार राजनीतिक दलले निर्णायक वार्ता गर्ने नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जानकारी दिए। महामन्त्री थापाका अनुसार चार दलको निर्णायक वार्ता भोलि बिहान साढे आठ बजेको लागि डाकेको छ ।
बैठक राष्ट्रपति निर्वाचनकै विषयमा केन्द्रित रहेको बालुवाटार स्रोतले जनाएको छ।








