२०७९ फागुन ४ गते, रौतहट
शिलान्यास भएको ९ वर्ष बितिसक्दा पनि रौतहटको गौर र इशनाथ नपा जोड्ने लालबकैया टिकुलिया पुल निर्माण नभएको भन्दै आमरण अनशनमा बसेका रौतहटका पत्रकार सन्जय सहनीको स्वास्थ्य अवस्था बुधबार बिहानै देखि निकै नाजुक बन्दै गएको छ ।

अनसनमा बसेका नेपाल पत्रकार महासंघ रौतहट शाखाका स-सचिव संजय सहनी को स्वास्थ अवस्था जटिल बन्दै गएको छ । गौर / ईशनाथ जोडने पुल यथाशीघ्र निर्माणको माग राख्दै पत्रकार संजय सहनी विगत तीन दिन देखि आमरण अनसनमा बसेका छन् । ३ दिन देखि अनसनरत पत्रकार सहनीको स्वास्थ अवस्था नाजुक बन्दै गएपछि स्थानीय आक्रोशित बनेका छन् ।
पुल निर्माण तत्काल काम सुरु गर्न दबाव दिन अनसनमा बसेको सहनीले उठाएको माग सम्बोधन गराउन साथै उहाँको स्वास्थ्य प्रती सरकार गम्भीर नबनेको भन्दै स्थानीय आक्रोशित बनेका हुन् र भोलिका दिनमा कुनै अप्रिय घट्न घट्यो भने त्योसबको जिमेवारा सरकार हुने सहनीले बताउने भयो ।
नेपाल पत्रकार महासंघ रौतहट शाखाका सहसचिव समेत रहेका सहनीले अलपत्र परेको पुल निर्माणका लागि स्थानीयदेखि केन्द्रीय नेताहरुको समेत ध्यानकर्षण गराउन खोजेको जानकारी दिए । पत्रकार सहनी पनि लालबकैया नदी किनारकै बासिन्दा हुन् ।







