काठमाडौं ३ फागुन ।
जनता समाजवादी पार्टीका सांसद प्रदीप यादवले सरकारले कुनैपनि खेलबाट नागरिकता विधेयक रोकेको खण्डमा आफ्नो पार्टीले सडक र सदनबाट संघर्ष शुरु गर्ने चेतावनी दिनुभएको छ । बुधवार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद यादवले यस्तो चेतावनी दिनुभएको हो । उहाँले आवाजबिहीनको आवाज कसले सुनिदिने रु भन्दै प्रश्न गर्नुभयो । उहाँले जन्मसिद्ध नागरिकको सन्तानहरु नागरिकता नपाएर रुँदै आएको भन्दै उनीहरुको लागि न्याय कहिले दिने भन्दै प्रश्न गर्नुभयो । उहाँले कुनैपनि खेल गरेर नागरिकता विधेयक रोकेको खण्डमा आफ्नो पार्टीले सडक संघर्ष शुरु गर्ने चेतावनी दिनुभयो । उहाँले भन्नुभयो, ‘यो न्यायको मन्दिर हो । आवाजबिहीनको आवाज कसले सुनिदिने रु जन्मसिद्ध नागरिकको सन्तानका आवाज कसले सुनिदिने रु रुँदै आउँछन् उनीहरु । उनीहरुको लागि न्याय दिने आज कोही छैन । यही न्यायको मन्दिर हो नि ।
यहीँबाट जनताले न्याय पाउने हुन् नि सभामुख महोदय । जन्मसिद्ध नागरिकका सन्तानको के गल्ती छ रु बाबु र आमा नेपाली नागरिक हुँदा हुँदै पनि आज नागरिकता बिना भड्किरहेका छन् । म यो सरकारलाई चेतावनी दिन चाहन्छु, अब
कुनै खेलले नागरिकता विधेयक रोक्ने ढिलो गर्ने प्रयास भयो भने जनता समाजवादी पार्टी सडक र सदन २ वटैमा संघर्ष गर्छ । बाइट।।।प्रदीप यादव, सांसद, जनता समाजवादी पार्टी सांसद यादवले संविधान जारी भएदेखि नै जन्मसिद्ध नागरिकका सन्तानहरुलाई नागरिकताबिहीन अवस्थामा राख्नु बिडम्वनापूर्ण भएको बताउनु भयो ।








