माघ , २२ धनुषा
जिल्ला प्रहरीले कार्यालय धनुषाले जनकपुरधमबाट मिटर व्याजिको धन्दा गर्दै आर्थिक शोषण गर्ने दिलिप साहलाई नियन्त्रणमा लिएकाे छ ।
गरिब र सोझाहरुलाई मिटर ब्याजमा पैसा लगाउँदै आएका ४१ वर्षीय साहलाई धुनषा प्रहरीले पक्राउ गरेको हो । उजुरी दिएको आधारमा शनिबार करिब २:३० बजेको समयमा साहलाई जनकपुरधाम उपमानगरपालिका वर्डा न. १ बाट नियन्त्रणमा लिएको छ ।
प्रहरी नायब उपरीक्षक दिपक कुमार रायको कमाण्डमा खटिएको प्रहरी टोलीले रित पुर्वक खान तलासि गर्दा कपाली तमसुकहरू, जग्गा धनि पुर्जाहरू, खाली चेक लगायतका अन्य कागजातहरू तथा कटुवा पेस्तोल १ थान .३०३ राईफलमा लाग्ने गोली ४ थान , म्यागनममा लाग्ने गोली थान १ (एक) र म्यागनमको खोका १ थान बरामद गरेका छन।
साहलाई नियन्त्रणमा लिइ थप अनुसन्धान कार्य भईरहेको धनुषा प्रहरीले जनाएका छन।








