काठमाडौं २१ माघ  ।

शनिबार काठमाडौंमा रतन भण्डारीद्वारा लिखित पुस्तक ‘नेपालको पहिलो महिलामन्त्री द्वारिकादेवी ठकुरानी’ विमोचन कार्यक्रममा बोल्दै उहाँले नागरिकताजस्तो संवेदनशील विषयमा फसेका लामिछानेलाई फेरी गृहमन्त्री बनाउन खोजिएकोमा आपत्ति जनाउनु भयो । नेता रावलले वैदेशिक रोजगार कम्पनी खोलेकालाई श्रममन्त्री, निजी स्कुल संचालकलाई शिक्षामन्त्री बनाएर संघीय लोकतान्त्रिक गणतन्त्र र द्वारिकादेवी ठकुरानीजस्तो विरंगानाहरुको योगदानको अवमूल्यन गर्ने काम भएको जिकीर समेत गर्नु भयो । उहाँले काँग्रेसले स्वतः पाउने प्रमुख प्रतिपक्ष दलको हैसियतका लागि संसद सचिवालयमा निवेदन दिएको देख्दा आफू छाँगाबाट खसेजस्तै भएको टिप्पणी समेत गर्नु भयो ।कार्यक्रममा बोल्दै काँग्रेस नेता एवम् पूर्वमन्त्री रमेश लेखकले द्वारिकादेवी ठकुरानीको योगदानकै कारण हाल संसदमा ३३ प्रतिशत महिलाहरुको प्रतिनिधित्व सुनिश्चित भएको बताउनु भयो । उहाँले राजनीतिक रुपमा हिजो देखिएका समस्याहरुलाई हल गर्दै जानुपर्नेमा कुरामा आफ्नो पार्टी लागि परेको बताउनु भयो । नेता लेखकले द्वारिकादेवी ठकुरानीलाई नेपालको पहिलो सफल महिला मन्त्रीको रुपमा पनि चित्रण गर्नु भयो ।काँग्रेस नेता लेखकले आफ्नो पार्टीले द्वारिकादेवी ठकुरानीको पदचापलाई पछ्याउँदै अघि बढिरहेको दावी समेत गर्नु भयो ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here