गाैशाला, २१ माघ ,शनिबार

महाेत्तरीकाे गाैशालामा नेपाल विद्युत प्राधिकरण वितरण केन्द्रले द्वरा छड्के आनुगमनमा तिब्रता दिएकाे छ । गाैशाला बिद्युत वितरण केन्द्रमा गाैशाला नगरपालिका ,बर्दिवास नगरपालिका ,भंगहा नगरपालिका ,अैारही नगरपालिका र साेनमा गाउँपालिका गरि पाँच पालिका रहेकाे छ ।

गाैशाला वितरण केन्द्रमा ४८ हजार १४ ग्राहस्थ, औद्योगिक तर्फ ८ सय ८ ,व्यापारिकमा २ सय ३५ र अन्यमा ५ हजार ६ सय ४३ ग्राहक रहेकाे कार्यालय स्रोतले बताएका छन्।

बिद्युत चुहावटलाई रोक्न गाैशाला वितरण केन्द्रले प्रत्येक सप्तामा एक दिन छड्के मार्ने गरेको र पुष महिनादेखि माघ मसान्तसम्म बिद्युत चुहावट गर्ने २ सय ३२ जनालाई कारवाही गरिएको र विधुत चुहावटमा संलग्न ८२ जनालाई समातेको गाैशाला वितरण केन्द्रका प्रमुख ई.प्रविण कुमार मिश्रले जानकारी दिनुभयो ।

गत वर्षमा गाैशाला वितरण केन्द्र २८% ले घाटामा रहेकाे थियोे भने अहिले २४% मा झरेको कार्यालय स्रोतले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here