काठमाडौं २१ माघ ।

नेकपा (माओवादी केन्द्र) ले राष्ट्रपतिका लागि सकेसम्म राष्ट्रिय सहमति खोज्ने र राष्ट्रिय सहमति हुन नसके विचार मिल्नेसँग सहकार्य गर्ने भएको छ । शनिवार पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा बसेको पार्टीको स्थायी कमिटी बैठकमा यसबारेमा चर्चा भएको हो । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता देवेन्द्र पौडेलले राष्ट्रपतिको लागि सकेसम्म सहमतिको प्रयत्न
गर्ने र सहमति हुन नसके विचार, दृष्टिकोण, उद्देश्य लक्ष्य मिल्नेसँग मिलेर अघि बढ्ने बताउनु भयो । उहाँले प्रधानमन्त्री पुष्पकमल दाहाललाई सबैले समर्थन गरी विश्वासको मत दिएकाले सबै पार्टीहरुसँग छलफलका लागि आफूहरु खुला
रहेको बताउनु भयो । उहाँले आजको बैठकमा गृहमन्त्रीको बारेमा भने कुनै छलफल नभएको बताउनु भयो । उहाँले सत्ता साझेदार दल नेकपा एमालेलाई चिढ्याउन आफूहरुले नचाहेको भन्दै सबै मिलेर अघि बढ्नका लागि प्रयत्न गरेको बताउनु
भयो । त्यस्तै पार्टी उपाध्यक्ष कृष्णबहादुर महराले आजको बैठकमा आगामी दुई महिना सबै नेताहरु फिल्डमा नै गएर पार्टीको वस्तुस्थितिको बारेमा अध्ययन गर्ने निर्णय भएको बताउनु भयो । उहाँले पार्टी संगठन सदृढीकरणका लागि दुइृ महिने संगठन सुदृढीकरणको अभियान चलाउने बताउनु भयो । यस अभियानमा चुनावी अन्र्घातका बारेमा पनि गहन अध्ययन गर्ने निर्णय भएको बताउनु भयो । उहाँले भन्नुभयो, ‘शुरुका दिनमा अध्यक्ष र अन्य केही कमरेडहरुले केही
प्रश्ताव राख्नुभयो, त्यसको छलफलमा नेताहरुले भाग लिनुभयो । त्यसका आधारमा हामीले विभिन्न समयमा हुने समूहमा होमवर्क गरौँ । आज यसको निस्कर्ष निकालेका छौँ । २ महिनापछि सिसिको बैठक बस्ने, सम्पूर्ण निर्णय सिसिले
गर्ने भन्ने निर्णय भयो । सबै फिल्डमा जाने र सिसिको निर्णय गर्ने र त्यसका लागि सबै कमिटी मञ्चको बैठक बस्ने निर्णय भयो । उपाध्यक्ष महराले पार्टी संग७न सुदृढीकरण अभियानमा सबै तहका कमिटीहरु परिचालन गर्ने र जनस्तरबाट नै राजनीतिक सुझाव लिने बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here