२०, माघ, चितवन ।

आफ्नो बारीमा उत्पादन भएको तरकारीले उपयुक्त लागत नपाएको भन्दै चितवनका तरकारी उत्पादक किसानहरुले नारायणगढको पुल्चोकमा तरकारी फालेर विरोध जनाएका छन् ।

भारतीय तरकारीको थथाभावी आयातले ‘स्वदेशमै केही गरौं’ भन्ने सोच भएका आफूहरु मारमा परेको किसानहरुको भनाइ छ। किसानहरु टमाटर, काउली, बन्दालगायतका तरकारी बोकेका गाडीसहित नारायणगढ पुगेका किसानहरूले पूर्व-पश्चिम राजमार्ग बन्द गरेर प्रदर्शन गरेका हुन् ।

स्थानीय उत्पादन नै पर्याप्त भइरहेको समयमा भारतबाट आयात बढेको भन्दै किसानहरू आक्रोशित छन्। स्वदेशी उत्पादनलाई प्रवद्र्धन गर्न कत्ति पनि सरकारले सहयोग नगरेको भुसालले बताए । तरकारी बोक्ने सवारी साधनसहित जम्मा भएका किसानहरुले बारीमा जाउँ भविष्य छैन, खाडीमा जाउँ उमेर छैन, नेपाली किसान मार्न पाइँदैन, विदेशी तरकारी र फलफूल चाहिँदैन भन्दै प्लेकार्ड र ब्यानर बोकेका थिए ।

लागत अनुसारको तरकारीको मूल्य सरकारले तोक्नुपर्ने र भारतीय तरकारीको आयात रोक्नुपर्ने किसानहरुले माग राखेका छन्। किसान संघर्ष समितिका संयोजक समेत रहेका किसान लेखानथ भुसालले सरकारले आफूहरुको समस्या नसुनेका कारण तरकारी सडकमा फालेर प्रदर्शन गर्न बाध्य पारेको बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here