धनुषा, १७ माघ  ।

धनुषाको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरको हिरासतबाट ६ थुनुवा फरार भएपछि सखुवाको इन्सपेक्टर बेचन यादव सहित २५ जनाको टिमलाई सोमबार नै प्रहरीलाई जिल्ला प्रहरी कार्यालय तानिएको छ ।

आइतबार राति करिब ३ बजेको समयमा हिरासतको भित्ता फोडेर विभिन्न मुद्दाका ६ जना थुनुवा फरार भएका थिए ।जसमध्ये हातहतियार मुद्दाका अभियुक्त मिथिला नगरपालिका ६ का रोशन महतोलाई प्रहरीले सोमबार साँझ पक्राउ गर्न सफल भएको छ । अन्य ५ थुनुवा अझै पनि फरार रहेका छन् र उनीहरुको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

इलाकामा रातिको समय डिउटी बसेका तीनजना प्रहरी जवानलाई निलम्बन समेत गरिएको प्रहरी स्रोतले जनाएको छ । इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरमा अहिले प्रहरी नायव निरीक्षक ९सई० मुक्तिनारायण यादवलाई जिम्मेवारीमा पठाइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here