१५ माघ ,जनकपुरधाम /

काली गण्डकी नदीको देव शिला आज जनकपुरधाममा आइपुगेको छ हिन्दुहरूको पवित्र धार्मिक स्थल अयोध्यामा निर्माणाधीन जानकि मन्दिरमा भगवान् रामको मुख्य मूर्ति बनाउन शालिग्राम शिला पाइने विश्वकै एक मात्र नदी काली गण्डकीबाट निकालेर भारतको उत्तर प्रदेशस्थित अयोध्यामा निर्माणाधीन मन्दिरमा भगवान् रामको मूर्ति बनाउन लैजानको लागि जनकपुरधाम ल्याइएको हो ।

नेपाल सरकारको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार १८ र १६ मेट्रिक टन तौल भएका सात फिट लम्बाइ पाँच फिट चौडाइ र तीन दशमलव पाँच फिट मोटाइका दुई शिलाको पहिचान र पूजाको काम सम्पन्न भएपछि शिला जनकपुरधाम हुँदै अयोध्या पठाउन लागिएको हो ।उक्त शिलाबाट भगवान् रामको बालस्वरुप निर्माण गरिनेछ । शिलाबाट कुदिएर निर्माण गरिने भगवान् रामको मन्दिर गर्भगृहमा रहने शिला सङ्कलन तथा पठाउने कार्यमा सक्रिय रहेका जानकी मन्दिरका महन्थ रामतपेश्वर दासले जनाएको छ ।राम मन्दिरमा स्थापित हुने मूल स्वरूप नै नेपालको शिलाबाट तयार गरिनेछ’ उनले भने, दुईवटा शिलाबाट एकै साथ मूर्ति बनाइनेछ । राम मन्दिरमा ४ सय वटा कलात्मक पिल्लर राखिएको छ ।

मन्दिरको समितिले सार्वजनिक गरेको विवरण अनुसार मन्दिरको ४० सय खम्बामा गरी ६ हजार ४ सय देवी देउताका कलात्मक मूर्तिहरू कुदिनेछ ।जनकपुरधाममा ल्याइएको उक्त देव शिलाको आज जनकपुरधामस्थित जानकी मन्दिरमा दर्शन, पूजाआजा गरी अयोध्या पठाइने जनाइएको छ । सो पूजामा मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको पनि सहभागिता रहेको छ ।गत बुधबार देव शिला काली गण्डकीबाट निकालेर गलेश्वरधाम परिसरमा लगिएको सो शिला मन्दिरमा रुद्राभिशेकसहित विशेष पूजा गरी जनकपुरधाम हुँदै अयोध्याको लागि बिदाइ गरिएको थियो ।

म्याग्दीको बेनी ६ ठुलोपहिरोस्थित काली गण्डकी नदी किनारको शिला बुधबार क्रेन दुवारा निकाली गाडीमा राखेर गलेश्वर लगिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here