माघ १५ गते ,काठमाडौँ ।
अवैध नागरिकता सम्बन्धी मुद्दामा सर्वोच्च अदालतको फैसलाबाट लामिछाने अनागरिक ठहरिए लगतै रवि लामिछानेले आज जिल्ला प्रशासन कार्यालयबाट नेपाली नागरिकताको प्रमाणपत्र लिने भएका छन् ।
कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की समेत रहेको संवैधानिक इजलासका न्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठ, ईश्वर खतिवडा, आनन्द मोहन भट्टराई र अनिल सिन्हाको इजलासले लामिछानेविरुद्ध परेको मुद्दाको फैसला गर्दै नागरिकता कायम नहुने ठहर गरे संगै अनागरिक ठहरिएसँगै लामिछानेको संसद् र उपप्रधानमन्त्री पदबाट राजीनामा दिनुभएको थियो ।







