रौतहट, १५ माघ ।
रौतहट जिल्लामा सरुवा भएर कार्यभारत सम्भाल्नु भएका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्र र संचारकर्मीहरु बिच परित्यात्मक एवं समसमायिक विषयबस्तु सम्बन्ध छालफल भएको छ । जिल्ला प्रशासन कार्यालय गौरको सभाकक्षमा आईतवार आयोजित उक्त कार्यक्रममा संचारकर्मीहरुले जिल्ला प्रशासन कार्यालयबाट सेवाग्राहीहरुले पाउनुपर्ने कार्यमा ढिलासुस्ती, नदिनालाबाट निकालिने खोलाजन्य बस्तुको दोहन, अबैध क्रशर उद्योग, चुरे दोहन, लगायतका सम समायिक विषय नव आगन्तुक प्रजिअ मिश्र समक्ष समस्याहरु राखे । प्रजिअ मिश्रले जिल्ला प्रशासन कार्यालयमा सेवाग्राहीहरु भोग्दै आएको समस्यालाई समाधान गर्न चाँडै टाइमकार्ड लागु गर्ने सोको लागि प्रक्रिया सुचारु गराईसकेको बताए । अन्य कार्यालयहरुको समस्या समाधान गर्न पहल गर्ने, मापदण्ड विपरित क्रशर उद्योगलाई कडाईका साथ निगरानीमा राख्ने तथा अबैध क्रशर उद्योगको पहिचान गेरर बन्द गराउने, खोलामा हुने अबैध दोहनलाई नियन्त्रण गर्ने तथा स्थानीय सरकारलाई पनि जागरुक बनाउने, चुरे दोहनलाई पूर्णरुपमा निष्तेज पार्ने, सिमाबाट हुने चुहावट नियन्त्रण गर्ने कार्यलाई प्रमुख प्राथमिकतामा राखेर काम गर्ने संचारर्मीहरु समक्ष प्रतिबद्धता जनाए । सो कार्यक्रममा राष्ट्रिय अनुसन्धानका उप निर्देशक चन्दन झा, नेपाल पत्रकार महासंघ अध्यक्ष प्रेमचन्द्र झा लगायत संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।