काठमाडौं  १४ माघ ।

सत्तारुढ प्रमुख घटक नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मुलुकलाई राजनीतिक अस्थिरताको दुश्चक्रममा फसाउने कोशिस भईरहेको टिप्पणी गर्नु भएको छ । सर्वोच्च अदालतको आदेशबाट उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको पद खारेज भएलगत्तै उहाँको यस्तो अभिव्यक्ति सार्वजनिक भएको हो । एमालेद्वारा शनिबार ललितपुरको च्यासलस्थित पार्टी केन्द्रिय कार्यालयमा आयोजित ‘शहीद स्मृति कार्यक्रम’मा बोल्दै उहाँले मुलुकमा देखा परेको राजनीतिक अस्थिरताको खेललाई सही बाटोमा अघि बढाउन आफ्नो पार्टी दृढ संकल्पित रहेको समेत बताउनु भयो । महासचिव पोखरेलले नेपाली राजनीतिमा देखा परेका पछिल्लो राजनीतिक परिस्थितिप्रति आफ्नो पार्टी गम्भिर रहेको उल्लेख गर्र्दै त्यसलाई सफलतापूर्वक सामना गरेर अघि बढने दावी गर्नु भयो ।महासचिव पोखरेलले एमालेले शहीदहरुको सम्मानमा कमी आउन नदिने गरी मुलुकलाई अघि बढाउने प्रयास गरिरहेको पनि बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here