गौर,११ माघ ।
रौतहटको सदरमुकाम गौरमा बर्षौै पछि घण्टाघर निर्माणको लागि शिलान्यासको कार्य गरिएको छ । गौर नगरपालिकाका मेयर शम्भु शाह तथा क्षेत्र नम्बर १ का प्रतिनिधी सभा सदस्य तथा पुर्व प्रधानमन्त्री माधवकुमार नेपालले सयुक्त रुपमा उक्त घण्टाघरको शिलान्यास गरेको हुन । शिलान्यास गर्दै पुर्व प्रधानमन्त्री माधव कुमार नेपालले नगरपालिकाले भौतिक पुर्वाधारको विकासमा फडको मार्न लागेको बताएका छन् । नगरपालिकाको ९५ लाखको लागतमा गौर स्थित मधेशी क्रान्ति चोकमा निर्माण हुने स्मृति टावरको बिहिवार शिलान्यास गरेपछि पत्रकारहरु संग कुरा गर्दै मेयर साहले स्मृति टावरको निमार्णले गौर नगरपालिकाको विकासमा थप टेवा पुग्ने बताए । नगरपालिकाको नगरस्तरिय योजना अन्तर्गत निमार्ण हुने टावर ऐतिहासिक हुने उनले जनाए । टावर निर्माणले पर्यटन क्षेत्रको विकासको साथ साथै पर्यटक भित्रिने विस्वास समेत व्यक्त गरे । विपि कोइरालाको स्मारक भएको ठाउँमा निर्माण भइरहेको स्मृति टावरको चारै तिर देशको लागी योगदान पुर् याएका व्यक्तिहरुको प्रतिमा राखिने मेयर साहले जानकारी दिए ।यो शिलान्यास मा उपस्थिति रहेका नेपाली कांग्रेसका क्षेत्र नम्बर १ क का विधायक नागेन्द्र साह , नेपाली कांग्रेसका प्रदेस सभापति तथा क्षेत्र नम्बर १ ख का विधायक कृष्णा यादव ,नेपाली कांग्रेस का वरिष्ठ नेता रामचन्द्र गिरि,तरून दलका जिल्ला अध्यक्ष मो.नौसाद आलम,नेकपा एकीकृत समाजवादी का नेता लगायत उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here