१२ माघ, रौतहट

बेपता भएकी रिंकु कुमारी सोनाको हत्या भयको भारतीय प्रहरी आनुमा रहेको छ। रौतहटको कटहरिया नगरपालिका माइती भएकी २३ वर्षीय रिंकु सोनीको हत्या भएको भारतीय प्रहरीले निष्कर्ष रहेको छ ।

भारतीय प्रहरीले श्रीमानले रिंकुको हत्यगरी श्रीमान ३५ वर्षीयप्रदीप साह सोनारसहित परिवारका अन्य सदस्यसमेत सम्पर्कविहीन भएको प्रारम्भिक निष्कर्ष निकालेको हो । रिंकुको तीन वर्षअघि बिहार पतांही थानाक्षेत्र अन्तर्गत पदुमकेर गाउँ घरभएका प्रदीप साहसँग बिहे भएको थियो । पतांही थानाका प्रभारी सई अनुज कुमारले रिंकुको हत्या भएको निष्कर्ष निकालिएको बताए । साहले आफ्नो घरभित्रै रिंकुको हत्या गरेर गाउँ नजिकै शव जलाएर रातारात सपरिवार घर छोडेर खुलेको अनुज कुमारले बताएका छन्। रिंकुकी आमा सोमारी देवीले मंगलबार दिएको जाहेरीका आधारमा प्रदीप साह लगायतविरुद्ध एफआईआर अर्थात हत्यासम्बन्धी मुद्दा दर्ता भएको छ ।

लगत्तै अभियुक्तहरुको खोजतलास भैरहेको प्रभारी अनुज कुमारले संचारमाध्यमलाइ बताए छ्न । यस्तो क्रियाकलापले भारत र नेपाल बीचको रोटिबेटीको सम्बन्ध बिगार्ने चिन्ता गर्दै उनले बिहेबारी गर्नुअघिनै केटा तथा उसको परिवारबारे केटीपक्षले पूरा जानकारी लिनुपर्ने सुझाव दिए । सदियौँदेखिको हाम्रो सम्बन्धमा कुनै पक्षले पनि हत्याजस्तो जघन्य अपराध गर्छ भने प्रदीपजस्ता अपराधीलाई कार्वारबाहीको दायरामा ल्याउन सुरक्षा निकायले कुनै कसर बाँकी राख्न नहुने उनको भनाइ छ ।

ज्वाइँ प्रदीप साहले छोरीमार्फत आफूसँग मागेको २ लाख रुपैया दिन नसकेको कारण हत्या भएको रिंकुकी आमा सोमारी देवीले बताएकी छिन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here