काठमाडौं १२ माघ  ।

मंगलवार संघीय संसद भवन अगाडि आत्मदाह गर्नुभएका प्रेमप्रसाद आचार्यले उठाएका मागहरुको सम्बोधन गर्न माग गर्दै आजपनि शान्तिपूर्ण बिरोध भएको छ । माईतीघर मण्डलामा आज ९बिहीवार० पनि मृतक आचार्यले उठाउनुभएका मागहरु पूरा गर्न सरकारलाई दबाब दिँदै युवाहरुले शान्तिपूर्ण बिरोध गरेका हुन् । उनीहरुले सरकारले औपचारिकता मात्रै पूरा गर्ने गरेको र मृतक आचार्यका मागहरु छानबिन गर्ने भनेर औपचारिकता पूरा गर्न मात्रै सरकार लागिपरेको भन्दै त्यसको बिरोध जनाएका छन् । प्रदर्शनमा उपस्थित प्रदर्शनकारीहरुले मृतक प्रेमप्रसाद आचार्यले आत्मदाह गर्नुपर्ने स्थिति कसरी सिर्जना भयो र त्यो अवस्थामा कसले पु¥यायो रु भन्ने बारेमा सरकार गम्भीर नबनेको आरोप लगाए । आत्मदाह गर्नुभएका आचार्यका परिवारलाई भेटेर सरकारले घटना थामथुम पार्ने प्रयास गरिरहेको आन्दोलनकारीको आरोप छ । उनीहरुले मृतक आचार्यलाई आत्मदाह गर्न बाध्य बनाउने दोषीहरुलाई कारबाही हुनुपर्ने माग राखेका छन् । आन्दालनकारीहरुले संघ र प्रदेशमा गरी ८ जना भन्दा धेरै मन्त्री एउटै पदमा रहँदासमेत जनताका समस्या समाधान गर्न नसके मन्त्री भएर बस्नुको कुनै औचित्य नरहेको र संघीयताको लाभ जनताले लिन नसकेको बताए ।  प्रदर्शनकारीहरुले ९उद्यमशील नेपाल, नारा मात्र हो सरकार रु० ९गरिखाने की मरिजाने रु० ९भिसा देउ सरकार, खाडी जान्छु०, ९दलालहरु होशियार०, ९देशमै
गरिखाने वातावरण बनाइदेउ सरकार० लगायतका नारा लगाएर सरकारको बिरोध गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here