काठमाडौं ९ माघ ।
आवश्यक लगानी र व्यवस्थित योजना नहुँदा खेल क्षेत्रको विकास हुन सकेन सदस्स्यसचिव घिसिङ राष्ट्रिय य खेलकुद परिषद् ९राखेप० का सदस्यसचिव टंकलाल घिसिङले खेल क्षेत्रमा आवश्यक लगानी र व्यवस्थित योजना हुन नसक्दा खेल र खेलाडीहरुको विकास हुन नसकेको बताउनुभएको छ । सोमवार काठमाडौंमा आयोजित दुई दिने खेलकुद पत्रकारिता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । सदस्यसचिव घिसिङले खेल र खेलाडीप्रति लगानी नगरी देशलाई मेडल दिलाउने कुरा सोच्न नहुने बताउनु भयो । उहाँले मार्चको तेस्रो हप्ता शुरु गर्नेगरी परिषद्ले
एशियन गेम्समा सहभागी हुने २३ गेमको ट्रेनिङको तयारी थालेको बताउनु भयो । उहाँले राखेपले खेलकुद क्षेत्रको विकासका लागि रणनीतिक र आम सहभागिताका रुपमा आफ्ना कार्यहरु अघि सारेको बताउनु भयो । उहाँले राज्यले मेहनती एक खेलाडी बराबर एक करोड रुपैयाँसम्म लगानी गर्नेगरी राखेप अघि बढीरहेको बताउनु भयो । उहाँले राखेपले जनवरीदेखि सेप्टेम्बरसम्म एक एलाडी बराबर एक करोड रुपैयाँ आवश्यक्ता परेपनि राज्यले लगानी गर्ने निर्णय परिषद्बाट भएको बताउनु भयो । उहाँले खेलाडीको मेहनत, लगावका आधारमा मेहनती खेलाडीलाई एक करोड रुपैयाँसम्मको लगानी गर्न राज्य तयार रहने गरी नीति बनाएको बताउनु भयो । उहाँले अझैपनि नेपाली समाजमा कुनै पदाधिकारीलाई भनेपछि खेलाडी बन्ने र प्रशिक्षक बन्नसक्ने खराब सोच हट्न नसकेको बताउनु भयो ।








