७ माघ, काठमाडौं ।

सभामुख देवराज घिमिरेले जनताप्रतिको उत्तरदायित्व र जवाफदेहीतालाई पहिलो प्राथमिकतामा राखेर सभामुखको भुमिका निर्वाह गर्ने बताउनुभएको छ । प्रतिनिधि सभाको शनिवार बैठकमा बोल्दै आफूलाई सभामुखमा निर्वाचित गराएको सम्पूर्णमा धन्यवाद व्यक्त गर्दै र बहुदलिय राजनीतिक व्यवस्थामा दलहरु नै संवैधानिक र संसदीय अभ्यासका असली सञ्चालक भएको भन्दै दलहरुको आपसी सद्भाव , सहमति र समन्वयमा नै संसदको गतिशीलता र क्रियाशीलता निर्भर रहने बतउनु भयो ।

घिमिरे सांसदहरुलाई असल संवैधानिक र संसदीय अभ्यास अँगाल्न आग्रह समेत गरेका छन । घिमिरेले बिगतको राजनीतिक सक्रियता र संग्लतालाइ यथावत राखेर सभामुखको पदीय मर्यादा र भूमिकालाई सदा सदा गरिमायुक्त बनाउनु आफ्नो पहिलो दायित्व भएको बताउनु भयो । उहाँले संसदीय अभ्यासका क्रममा विकसित गरेका असल अभ्यासहरुको अनुसरण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here