काठमाडौं ५ माघ ।
सत्तारुढ नेकपा (माओवादी केन्द्र)का प्रखुच सचेतक हितराज पाण्डेले सत्तारुढ दलका तर्फबाट सभामुख पदका उम्मेदवार एमाले सांसद देवराज घिमिरेको पक्षमा मतदान गर्न सबै सांसदहरुलाई आग्रह गर्नु भएको छ । बिहीबार प्रतिनिधिसभा बैठकमा घिमिरेले सभामुख पदमा दिएको उम्मेदवारीको समर्थन गर्दै उहाँले त्यस पक्षमा मतदान गर्न सबै सांसदहरुलाई आग्रह गर्नु भएको हो । सांसद घिमिरे योग्य र सक्षम रहेको उल्लेख गर्दै प्रमुख सचेतक पाण्डेले संसदलाई व्यवस्थित र प्रभावकारी बनाउन उहाँलाई सभामुख पदमा निर्वाचित गराउनुपर्ने तर्क समेत गर्नु भयो । उहाँले मुलुकको समृद्धि र राष्ट्रिय स्वाधिनताको रक्षा गर्न पनि सभामुख पदमा योग्य व्यक्तित्व आवश्यक्त भएकाले आफूले घिमिरेलाई उम्मेदवारी दिनका लागि समर्थन गरेको पनि पटकपटक दोहो¥याउनु भयो । त्यही अपिल सम्माननीय सभामुखज्यूमार्फत् सम्पूर्ण माननीयज्यूहरुलाई अनुरोध गर्दछु । प्रमुख सचेतक पाण्डेले नेपाली जनतालाई एकतावद्ध भएर अघि बढाउन पनि घिमिरेको नेतृत्वमा संघीय संसद भए सहज हुने दावी समेत गर्नु भयो ।








