काठमाडौं ३ पुस  ।

नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले राष्ट्रपति÷उपराष्ट्रपति र सभामुख÷उपसभामुखको चयन दलीय सहमतिको आधारमा गर्ने प्रतिवद्धता प्रधानमन्त्रीले दिनुभएको बताउनुभएको छ । प्रवक्ता महतले समग्र देश र संसदको प्रतिनिधित्व गर्नुपर्ने भएकाले सोपदहरुको निर्वाचन पनि दलहरुबीचको साझा सहमतिमा हुने कुरामा प्रधानमन्त्रीले
नेपाली काँग्रेससँग नै प्रतिवद्धता गर्नुभएको बताउनुभएको हो । न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उहाँले विगतमा राष्ट्रपति पदको दुरुपयोग हुने संकेतहरु देखिएको भन्दै त्यस्तो हुन नदिन पनि आफ्नो पार्टीले राष्ट्रपतिसहितका राज्यका माथिल्लो संस्थाहरुको नेतृत्व चयन दलहरुबीचको सहमतिमा नै हुनुपर्ने प्रश्ताव अघि सार्नुपरेको स्पष्ट पार्नुभयो । प्रवक्ता महतले सरकार बनाएजस्तो गरेर अल्पमत, बहुमतको आधारमा राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख चयनको विषयलाई बनाउन नहुने पनि दोहो¥याउनु भयो । उहाँले सभामुख, उपसभामुख पद र राष्ट्रपति, उपराष्ट्रपति पद महत्वपूर्ण संवैधानिक पद भएकाले पार्टीहरुले साझा दृष्टिकोण बनाउन जरुरी रहेको बताउनु भयो । संवैधानिक पदहरु मन्त्री चयन गर्ने किसिमको नभएकाले प्रधानमन्त्रीले आफूले दिनभएको वचनवद्धता पूरा गर्नेमा आशावादी रहेको बताउनु भयो । उहाँले संवैधानिक पदहरुमा रहने व्यक्तिले पार्टीगत रुपमा नभइ समग्र देशको नै प्रतनिधित्व गर्ने भएकाले सबै पार्टीहरुले सोचेर निर्णयमा
पुग्नुपर्ने बताउनु भयो । प्रवक्ता महतले दलहरुबीच राष्ट्रपति लगायतका संवैधानिक पदहरुमा सहमति नभए आफ्नो पार्टीेले उम्मेदवारी दिने पनि स्पष्ट पार्नुभयो । प्रवक्ता महतले संविधानको रक्षा गर्नका लागि आफ्नो पार्टीले प्रधानमन्त्री पुष्पकमल
दाहाललाई विश्वासको मत दिएको बताउनु भयो । उहाँले प्रधानमन्त्री दाहालले नै काँग्रेससँग विश्वासको मतको अपेक्षा गरेकाले संविधानको रक्षाका लागि नेपाली काँग्रेसले समर्थन गरेको बताउनु भयो । उहाँँले काँग्रेसले प्रधानमन्त्रीको
समर्थन कुनै पद प्राप्तिका लागि नगरेको बताउनु भयो । उहाँले काँग्रेसले सरकारको नेतृत्व गर्छु भन्नु कुनै हिसावले गलत नभएको पनि बताउनु भयो । काँग्रेस संवैधानिक व्यवस्थाको रक्षा हुनुपर्छ, आवश्यक परिवर्तनका कदमहरु संवैधानिक व्यवस्थालाई टेकेर सर्वदलीय छलफलबाट संसदबाट नै हुनुपर्ने पक्षमा रहेको बताउनु भयो । प्रवक्ता महतले एमाले अध्यक्ष केपी ओलीले संविधानमाथि फेरि पनि धावा बोल्ने ढंगका अभिव्यक्ति दिएपछि काँग्रेसले त्यसको रक्षाका लागि प्रधानमन्त्री
दाहाललाई विश्वासको मत दिनुपर्ने अवस्था आएको दोहो¥याउनु भयो । नोटः यो समाचार सामग्री हामीले बाइट लिएर बनाएका हौँ । आफ्नो अनुकुलतामा प्रयोग गर्न सक्नुहुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here