काठमाडौं १९ पुस ।
नेकपा ९एकीकृत समाजवादी० का पोलिटब्युरो सदस्यहरुले वामपन्थी शक्तिहरुका बीचमा एकता गर्नुपर्नेमा जोड दिएका छन् । सोमवारबाट शुरु भएको पार्टीको पोलिटब्युरो बैठकमा आफ्नो धारणा राख्दै पोलिटब्युरो सदस्यहरुले वामपन्थी शक्तिहरुका बिचमा एकता गर्नुपर्नेमा जोड दिएका हुन् । बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले बैठकमा बोल्ने सदस्यहरुले वामपन्थीहरुलाई एकतावद्ध बनाउन पहल गर्नुपर्ने धारणा राखेका बताउनु भयो । उहाँले वामपन्थीहरुको एकताको सम्बन्धमा सबैको एकमत रहेको बताउनु भयो । त्यस्तै
संगठन सुदृढीकरण गर्न आगामी पाँच वर्ष पार्टी निर्माणको अभियानमा लाग्नुपर्नेमा पनि सम्पूर्ण सदस्यहरु एकमत रहेको उल्लेख गर्नुभयो । बैठकमा करिव ३० जना सदस्यले आफ्नो धारणा राख्नुभएको प्रवक्ता खतिवडाले जानकारी
दिनुभयो । त्यसकारण हामी सँग औपचारिक प्रश्ताव नै छैन ।’ प्रवक्ता खतिवडाले विगतमा सँगै गठबन्धन गरेका नेता पुष्पकमल दाहाल प्रधानमन्त्री भएसँगै आफूहरुलाई समर्थन गर्ने कि नगर्ने भन्ने सम्बन्धमा धर्मसंकट परेको बताउनु भयो । व्यक्तिगत रुपमा प्रधानमन्त्री दाहालप्रति सद्भाव भएपनि राजनीतिमा व्यक्तिगत सद्भावले काम नगर्ने स्पष्ट पार्नुभयो ।
पार्टीको नीतिलाई स्पष्ट पार्नका लागि पोलिटव्युरो बैठक राखिएको भन्दै उहाँले परिपक्व निर्णय गरिने बताउनु भयो । हामीले
जनादेश बुझेका छौँ । हामीलाई एउटा धर्मसंकट छ अहिले । सँगै काम गरेको सहयात्री १७÷१८ महिनासम्म हामी गठबन्धनमा सँगै बस्यौँ । कमरेड प्रचण्ड प्रधानमन्त्री हुनुभएको छ । जुन जुन बाटोबाट हुनुभएको भएपनि उहाँ प्रधानमन्त्री हुनुभयो । व्यक्तिगत रुपमा उहाँप्रति हाम्रो सद्भाव पनि छ तर राजनीति भनेको व्यक्तिगत सद्भावले मात्रै काम गर्ने कुरा होइन । पार्टीको नितिगत प्रश्नहरुमा प्रष्टता नभइकन व्यक्तिगत कुराको अर्थ रहँदैन । त्यो नितिगत प्रष्टता प्राप्त गर्नको निम्ति हामीले पोलिटव्युरोको बैठक बसाएका हौँ । त्यसैले हाम्फाल्ने, खुट्टो उचाल्ने जस्ता कुनै सन्दर्भ छैन । बडो सोचि, सम्झि हामी जे गर्छौ परिपक्व काम गर्छौं ।’ बैठक मंगलवार बिहान ११ बजे पुनः बस्नेछ ।








