काठमाडौं १८ पुस  ।

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, नेपालको राजनीतिक समितिको बैठक सुरु भएको छ । सरकारमा सहभागी हुनेबारे निर्णय लिने मूल एजेण्डासहित सो पार्टीको राजनीतिक समितिको बैठक सूरु भएको हो । सोमबार ललितपुरको ज्यापु समाज भवनमा सुरु भएको बैठकमा निर्वाचनको समिक्षा, सरकारको न्यूनतम साझा नीति तथा कार्यक्रम, अन्य राजनीतिक दलहरुसँगको एकीकरण र सहकार्यलगायतका विषयमा पनि छलफल हुने पार्टीका प्रवक्ता मनिष सुमनले जानकारी बताउनु भयो । बैठकमा पार्टीको केन्द्रिय कार्य सम्पादन समितिले निर्वाचनको समिक्षा गर्नका लागि नेता शिवलाल थापाको नेतृत्वमा गठन गरेको तीन सदस्यीय समितिलाई अनुमोदन गर्ने कार्यसूचि रहेको जनता समाजवादी पार्टी नेपालले जनाएको छ । दुई दिनसम्म चल्ने बैठकमा पार्टी विधान अधिवेशनका लागि विधान मस्यौदा समिति पनि गठन गर्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here