काठमाडौं ५ पुस ।
नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई संसदीय दलको प्रश्तावकको रुपमा आफूले हेर्न चाहेको बताउनुभएको छ । मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले आज ९मंगलवार० हुने पार्टीको संसदीय दलको नेता चयनको उम्मेदवारीमा पार्टी सभापति देउवालाई प्रश्तावकको रुपमा देख्ने चाहेको बताउनुभएको हो । उहाँले देशमा प्रधानमन्त्री भएर देउवाले धेरै राम्रा कामहरु गरेपनि पटकपटक प्रधानमन्त्री बनिरहेको भन्दै राम्रा कामहरुको चर्चा हुन नसकेको बताउनु भयो । उहाँले देउवा प्रधानमन्त्री हुँदा मुक्त कमैया, दलित, महिला, जनजाति लगायतका आयोगहरुको स्थापना हुन सम्भव रहेको बताउनु भयो । महामन्त्री
शर्माले प्रधानमन्त्री देउवा समक्ष आफ्ना राम्रा कामहरुलाई जनतामाझ चिनाउन अबको संसदीय दलको नेतामा अर्को सदस्यलाई प्रश्तावक बनेर अघि सार्नुपर्ने आवश्यक्ता भएको बताउनु भयो । उहाँले पार्टीको संसदीय नेतामा अर्को
सहकर्मीलाई प्रश्तावित गर्नु नै देउवाका लागि सम्मानजनक बहिर्गमन हुने बताउनु भयो । महामन्त्री शर्माले अहिले सबै प्रधानमन्त्री र राष्ट्रपतिका लागि लडिरहेको भन्दै देशलाई अभिभावकको खाँचो रहेको स्पष्ट पार्नुभयो । उहाँले देशको अभिभावक बन्न कोही नलागेको आरोपसमेत लगाउनु भयो । उहाँले संसदीय दलको नेताका लागि देउवाले अर्को सहकर्मीलाई कुनै हिच्किचाहट छोड्नेमा आफू विश्वस्त रहेको पनि बताउनु भयो । उहाँले संसदीय दलको नेताको
रुपमा आफूले पार्टीका महामन्त्री गगनकुमार थापालाई प्रश्तावित गर्नेमा विश्वस्त हुन आग्रह गर्नुभयो । महामन्त्री शर्माले नेकपा ९माओवादी केन्द्र० ले अहिले सत्ताको आकंक्षामा अर्को गठबन्धनको खोजि गर्ने कर्म गरिरहेको भन्दै जनताको मर्मबिरुद्ध जान नहुने बताउनु भयो । उहाँले गठबन्धनले विभिन्न आलोचनाहरुलाई चिरेर एउटा परिणाम ल्याएको भन्दै सत्ताको आकंक्षा र आग्रह, पूर्वाग्रह भन्दा माथि उठेर जानुपर्ने बताउनु भयो । उहाँले अहिले नेकपा ९माओवादी केन्द्र० का अध्यक्ष पुष्पकमल दाहाल सरकारमा जानका लागि अर्को गठबन्धनमा जान लागेको कुरा सञ्चारमाध्यममा आएपनि नेपाली काँग्रेसले शंकाको रुपमा नहेरेको बताउनु भयो । उहाँले नेकपा ९माओवादी केन्द्र० ले प्रतिगमनको क्षणलाई बिर्सिनु नहुने
बताउनु भयो । महामन्त्री शर्माले विगतको भन्दा पृथक ढंगबाट सरकार चलाउन नसके आम मानिसमा राजनीतिक दलहरुप्रतिको भरोसा सकिने स्पष्ट पार्नुभयो । उहाँले श्रमीकको बीमा अभियानका नाममा राष्ट्रव्यापी बीमा अभियान चलाउन जरुरी रहेको बताउनु भयो ।








