काठमाडौं ५ पुस ।

निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्यको निर्वाचन सफलतापूर्वक सम्पन्न भएको भन्दै जलपान कार्यक्रम गरेको छ ।  आयोगले गत मंसिर ४ गते भएको प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचन सफलतापूर्वक सम्पन्न भएको भन्दै सोमवार जलपान कार्यक्रम सम्पन्न गरेको हो । आयोगको परिसरभित्र सम्पन्न भएको जलपान कार्यक्रममा राष्ट्रपपति विद्यादेवी भण्डारी प्रमुख अतिथिको रुपमा उपस्थित हुनुभएको थियो । कार्यक्रममा राष्ट्रपति भण्डारी सँगसँगै उपराष्ट्रपति नन्दबहादुर पुुन, प्रधानमन्त्री शेरबहादुर देउवा, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, का।मु।
प्रधानन्यायाधीश हरिकृष्ण कार्की, पूर्वप्रधानमन्त्रीहरु, नेपाल सरकारका मन्त्रीहरु, विभिन्न राजनीतिक पार्टीका प्रमुख तथा पदाधिकारीहरु लगायतको उपस्थिति रहेको थियो । त्यसैगरी राज्यका विभिन्न निकायका प्रमुख तथा प्रतिनिधिहरु, नेपालस्थित विदेशी राजदूतहरु, सुरक्षा निकायका प्रमुख, कलाकार तथा पत्रकारहरुको पनि सहभागिता रहेको थियो । जलपान कार्यक्रममा उपस्थित व्यक्तित्वहरुलाई प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले स्वागत गर्नुभएको थियो । उहाँले निर्वाचन सफलतापूर्वक सम्पन्न भएको भन्दै सरोकारवाला सबै निकायहरुलाई धन्यवाद ज्ञापन गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here