काठमाडौं ३ पुस ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता तथा नवनिर्वाचित प्रतिनिधि सभा सदस्य पशुपति समशेर जबराले भ्रष्टाचारको बिरुद्धमा आवाज उठाउने बताउनुभएको छ । आईतवार समानुपातिक निर्वाचन प्रणालीबाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएको प्रमाणपत्र बुझेपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै प्रतिनिधि सभा सदस्य राणाले संसदमा भ्रष्टाचार र घुसखोरीका बिरुद्धमा आवाज उठाउने बताउनुभएको हो । उहाँले संसदमा आफूहरुको राष्ट्रवादी भुमिका हुने उल्लेख गर्नुभयो । उहाँले देशलाई अरुले धेरै तल झारेको भन्दै आफूहरुले संसदबाट नेपाल र नेपाली जनतालाई माथि पु¥याउने बताउनु भयो । त्यस्तै नेकपा ९एमाले० को तर्फबाट वागमती प्रदेश सभामा निर्वाचित प्रदेश सभा सदस्य डा। दिनेश देवकोटाले प्रदेशलाई सबलीकरण गर्नका लागि आफूले भुमिका खेल्ने बताउनु भयो । उहाँले भुँइका मानिसहरुलाई माथि उठाउने गरी काम गर्ने बताउनु भयो । सञ्चारकर्मीहरुको जिज्ञासाको जवाफ दिँदै प्रदेश सभा सदस्य देवकोटाले सरकारले पछिल्लो पटक अध्यादेश ल्याएर लोकतन्त्रलाई उपहास गर्न खोजेको बताउनु भयो । जनता समाजवादी पार्टीको तर्फबाट मधेस प्रदेशमा निर्वाचित प्रदेश सभा सदस्य मनिष सुमनले संघीयता र प्रादेशिक व्यवस्थालाई थप बलियो बनाउन लाग्ने बताउनु भयो । उहाँले कुनैपनि वर्ग, जाती, क्षेत्र र लिङ्गको आधारमा हुने विभेदको अन्त्य गराउन लागिपर्ने उहाँको भनाई छ । उहाँले देशमा हुने सबै प्रकारको समस्या समाधानका लागि आफुहरु लागिपर्ने बताउनु भयो ।







