काठमाडौं ३ पुस ।
नेकपा एमाले का सचिव गोकर्ण बिष्टले आफूहरु सरकार निर्माणका लागि अवाञ्छित गतिविधिमा नलाग्ने बताउनुभएको छ । आईतवार बुटवलमा पत्रकारहरुसँग कुराकानी गर्दै सचिव बिष्टले एमालेले प्रतिपक्षमा बस्ने जनमत पाएको बताउनुभएको हो । उहाँले आफूहरु जनमतको विपरित सरकार निर्माणको लागि अवाञ्छित र गैर संसदीय गतिविधि नगर्ने बताउनु भयो । उहाँले एमालेलाई सरकार गठनका लागि बाध्यता आइपरेमा भने पछाडी नहट्ने स्पष्ट पार्नुभयो । सचिव बिष्टले विगतमा सरकार बनाउने नाममा गैरसंसदीय गतिविधि हुने गरेको भन्दै एमालेले जनचाहना बिरुद्धका काम नगर्ने बताउनु भयो । सरकार बनाउनका लागि एमालेललाई हतारो नभएको उहाँको भनाई छ । उहाँले नेकपा एमाले लाई कमजोर बनाउनका लागि गत निर्वाचनमा वामपन्थीहरुले दक्षिणपन्थी शक्तिसँग गठबन्धन गरेका बताउनु भयो । उहाँले नेकपा ९माओवादी केन्द्र०, नेकपा ९एकीकृत समाजवादी० र राष्ट्रिय जनमोर्चामा वैचारिक विचलन देखिएको पनि बताउनु भयो ।








