काठमाडौं २ पुस ।
साना तथा मझौला व्यवसायी महासंघ नेपालको नयाँ नेतृत्वमा पर्यटन व्यवसायी हरिभक्त पराजुली चयन हुनुभएको छ ।
विराटनगरमा शुक्रवार राति भएको महासंघको १९ औं वार्षिक साधारण सभा एवं पाचौं राष्ट्रिय महाधिवेशनले पराजुलीलाई निर्बिरोध निर्वाचित गरेको हो । निर्वाचित भएपछि अध्यक्ष पराजुलीले संस्थाप्रति आफू सदैव लागिपर्ने बताउनु
भयो । उहाँले संस्थालाई अझै माथि लैजान आफूले सकेको साथ र सहयोग गर्ने प्रतिवद्धता जनाउनु भयो । अध्यक्ष पराजुलीले व्यवसायीहरुका बैंकिङ र वित्तिय समस्यालाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने बताउनु भयो । नवनिर्वाचित अध्यक्ष, साना तथा मझौला व्यवसायी महासंघ नेपाल महासंघको सहअध्यक्षमा इनु पौडेल, वरिष्ठ उपाध्यक्षमा रामकेशर बिष्ट लगायतका २७ जना पदाधिकारीहरु निर्बिरोध निर्वाचित हुनुभएको छ ।







