काठमाडौं १ पुस ।

लोकतन्त्रमाथि कू भएको स्मृतिमा कालो दिवस मनाइँदै प्रथम जननिर्वाचित सरकारलाई तत्कालीन शाही नेपाली सेनाको शक्तिको भरमा अपदस्थ गरिएको बिरोधमा आजको दिनलाई देशभर कालो दिवसका रूपमा मनाइँदै छ । वि।सं। २०१७ पुस १ गते प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोईरालालगायतका नेतालाई सेनाको बलमा बन्दी बनाई तत्कालीन राजा महेन्द्रले पञ्चायती शासन व्यवस्थाको शुरुवात गर्नुभएको थियो । नेपाल तरुण दलको कार्यक्रममा सहभागी भइरहेका बेला वि।पि। नेतालाई त्यहीँबाट गिरफ्तार गरी तीन महिना सिंहदरबार र त्यसपछि सुन्दरी जलमा बन्दी बनाइएको थियो ।
नागरिक उन्मुक्ति पार्टीले रेशम चौधरी लगायतको रिहाईको लागि मौन धर्ना कार्यक्रम गर्ने नागरिक उन्मुक्ति पार्टीले रेशम चौधरी लगायत थरुहट राजबन्दी रिहाईको निमित्त मौन धर्ना कार्यक्रम गर्ने भएको छ । पार्टीले आज दिउँसो माईतीघर
मण्डलामा धर्ना दिने भएको हो । नेपाल कम्युनिस्ट पार्टीको बिरोध प्रदर्शन नेपाल कम्युनिष्ट पार्टी ९विप्लव० ले ३ बुँदे सहमती कार्यान्वयन गर्न ल्याइएको अध्यादेश रोकेको भन्दै बिरोध प्रदर्शन गर्दैछ । आज पार्टीले देशव्यापी रुपमा बिरोध प्रदर्शन गर्ने भएको हो । आजको मौसम हाल देशका तराई भूभागका केही स्थानहरुमा हुसु÷कुहिरो लाग्नुको साथै पहाडी
भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज दिउँसो प्रदेश १, वागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ को पहाडी भू–भागको एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । आज राति देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । आगामी २४ घण्टामा तराईका केही भू–भागमा बिहानीपख हुस्सु÷कुहिरो लाग्ने तथा देशका अधिकांश भू–भागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने सम्भावना रहेको हुनाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन विभागले आग्रह गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here