काठमाडौं १६ मंसिर  ।

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले चालु पुँजी कर्जा सम्बन्धी नीति संशोधन गर्न राष्ट्र बैंक तयार गरेको बताउनुभएको छ ।  बिहीवार नेपाल आर्थिक पत्रकार समाज ९सेजन० को २६ औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले सरोकारवाला निकायका केही असहमति भए चालु पुँजी कर्जा सम्बन्धी नीति संसोधन गर्न राष्ट्र बैंक तयार गरेको
बताउनुभएको हो । गभर्नर अधिकारीले उद्योगी, व्यवसायी, बैंकर लगायत सरोकारवाला निकायले दिने सुझावमा उक्त नीति संसोधन गर्न तयार रहेको बताउनु भयो । उहाँले उद्योगीको माग अनुसार चालु पुँजी कर्जा सम्बन्धी नीति फिर्ता भने हुन नसक्ने संकेत गर्नुभयो । गभर्नर अधिकारीले बजारलाई अनुशासनमा राख्नका लागि राष्ट्र बैंकले चालु पुँजी कर्जा सम्बन्धी नीति कार्यान्वयनमा ल्याएको बताउनु भयो । उहाँले चालु पुँजी कर्जा नीतिका विषयमा सबै सरोकाबारवालाहरु वहस गर्न तयार रहेको भन्दै सरोकारवालाहरु भने अनुशासनमा बस्नुपर्ने बताउनु भयो । उहाँले राष्ट्र बैंकले लामो छलफल गरेर चालु पुँजी कर्जा सम्बन्धी नीति कात्तिक १ गतेबाट कार्यान्वयनमा ल्याएको बताउनु भयो । उहाँले संविधानमा व्यवस्था भएका नीति समेत संशोधन हुन्छ भने सरकारले ल्याएको नीति संसोधन नहुने भन्ने विषय नभएको बताउनु भयो । उहाँले अर्थतन्त्र कहाँ गइरहेको छ भन्नेबारे गहन छलफल गर्न जरुरी रहेको बताउनु भयो । गभर्नर अधिकारीले रेमिटेन्समा निर्भर अर्थतन्त्रलाई सुधार ल्याउनुपर्ने बताउनु भयो । उहाँले आयात रोक्दा राजश्वमा परेको असरबारे उल्लेख गर्दै यो सधैँ रोकेर साध्य पनि नहुने बताउनु भयो । गभर्नर अधिकारीले नेपालको अर्थतन्त्र पछिल्लो समय तुलनात्मक रुपमा सुधार हुँदै सहज अवस्थामा आएको बताउनु भयो । उहाँले पछिल्लो तीन महिनामा शोधनान्तर बचतमा गएको बताउनु भयो । उहाँले तथ्यांकबाट अर्थतन्त्र नराम्रो
अवस्थाबाट उठ्न खोजिरहेको बताउनु भयो । गभर्नर अधिकारीले अर्थतन्त्रमा अझै केही समस्या रहेको स्वीकार गर्नुभयो । उहाँले मुलुककै आन्तरिक कारण मात्र नभएर वाह्य कारणले अर्थतन्त्रमा दबाब रहेको बताउनु भयो । गभर्नर अधिकारीले
दक्षिण एशियाली मुलुक भारत बाहेक अन्य मुलुकहरु भन्दा नेपालको अर्थतन्त्र राम्रो रहेको बताउनु भयो । उहाँले राष्ट्र बैंकलाई करिब अडाई खर्बको विदेशी मुद्रा सञ्चिति गर्न ५५ वर्ष लागेकोमा पछिल्लो एक वर्षमा नै २।३४ अर्बको
विदेशी मुद्रा गुमाउनुपरेको बताउनु भयो । उहाँले राष्ट्र बैंकले लिएका नीतिका कारण पछिल्लो ३ महिनामा गत वर्षको तुलनामा १ खर्ब शोधनान्तर स्थितिमा सुधार भएको बताउनु भयो । उहाँले बजारमा देखिएको तरलता अभाव बिस्तारै सुधार हुँदै जाँदा उच्च रुपमा वृद्धि भएको ब्याजदरमा करेक्शन हुने विश्वास लिएको बताउनु भयो । उहाँले कोरोना महामारीको क्रममा दिइएको सहुलियतका साइट इफेक्टहरु अहिले अर्थतन्त्रमा देखिएको बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here