काठमाडौं १६ मंसिर ।
अर्थमन्त्री जनार्दन शर्माले नेपालको अर्थतन्त्र संकटमा नरहेको बताउनुभएको छ । बिहीवार नेपाल आर्थिक पत्रकार समाज ९सेजन० को २६ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा अर्थमन्त्री शर्माले नेपालको अर्थतन्त्र नबुझेकाले
मात्रै नेपालको अर्थतन्त्र संकटमा छ भन्ने गरेको बताउनुभएको हो । उहाँले मुलुकको अर्थतन्त्रमा संकट छ भन्नुभन्दा पहिला अर्थतन्त्रको परिभाषा, देशको वस्तुस्थितिमा ध्यान दिएर बोल्न अर्थशास्त्री, व्यवासायी र राजनीति व्यक्तिहरुलाई आग्रह गर्नुभयो । उहाँले निजी क्षेत्र र अर्थशास्त्रीलाई देशको अर्थतन्त्र कसरी संकटमा परको छ रु भन्दै प्रश्नसमेत गर्नुभयो ।
अर्थमन्त्री शर्माले अर्थतन्त्र संकटमा नभएको भन्दै अर्थतन्त्रका चुनौतिका विषयमा छलफल गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले सरकारको काम गर्ने क्षमता नबढ्नु संकट भएको भन्दै सरकारको क्षमता बढाउन आवश्यक रहेको बताउनु
भयो । उहाँले नेपालको अर्थतन्त्र एकै पटक तल जाने र एकैपटक माथि जाने खालको नभएको दाबी गर्नुभयो । मन्त्री शर्माले नेपालको अर्थतन्त्रका सूचकहरु क्रमिक रुपमा सुधार हुँदै गएकाले अर्थतन्त्र सुधारको बाटोमा रहेको बताउनु
भयो । उहाँले खुला सीमानाका करण राजश्व घटेको भन्दै खुला नाका व्यवस्थित बनाउनुपर्ने बताउनु भयो । उहाँले खुला नाका व्यवस्थित बनाउने विषयमा निर्वाचनका कारण सरकारले ध्यान दिन नसकेको बताउनु भयो । उहाँले दूरी कम गर्ने गरी भौतिक पूर्वाधारमा लगानी बढाउन आवश्यक रहेको बताउनु भयो । अर्थमन्त्री शर्माले पूर्वाधारमा लगानी बढाउनसक्दा जुम्लाबाट १२ घण्टा र चितवनबाट १ घण्टामा काठमाडौं आउनसक्ने वातारण बन्ने भन्दै लगानीको वातावरण सहज बनाउन आवश्यक रहेको बताउनु भयो । उहाँले लगानी साना आयात गर्ने वस्तुमा मात्रै नभएर आर्थिक विकासमा गुणात्मक छलाङ ल्याउने क्षेत्र पहिचान गर्नुपर्ने बताउनु भयो । मन्त्री शर्माले नयाँ निर्वाचनले दलहरुलाई आफ्नो विगतको कामको समीक्षा
गर्ने अवसर दिएको पनि बताउनु भयो ।








