काठमाडौं १५ मंसिर,  ।

नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले काँग्रेस संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवाको विकल्प खोज्नु नहुने बताउनुभएको छ । बिहीवार नेपाली काँग्रेसका नेता स्व। कृष्णप्रसाद भट्टराई आश्रम बाँडेगाउँमा भट्टराईको शालिकमा श्रद्धाञ्जली अर्पण गर्न पुग्नुभएका उपसभापति खड्काले काँग्रेस संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवाको विकल्प खोज्नु नहुने बताउनुभएको हो । उहाँले पार्टी सभापति देउवाको नेतृत्वमा काँग्रेस र सिंगो गठबन्धन नै निर्वाचनमा होमिएको भन्दै देउवाले दलको नेतामा चाहना राखेपछि दायाँ बायाँ कुरा गरिराख्नु नपर्ने बताउनु भयो ।
उहाँले दलको नेताको निर्वाचन सर्वसम्मत रुपमा गर्नुपर्ने पनि बताउनु भयो । उपसभापति खड्काले यो बेलामा काँग्रेस भित्र एकताको वातावरण बनाउनु आवश्यक रहेको बताउनु भयो । काँग्रेसलाई एकतावद्ध बनाउँदै सत्तागठबन्धन सहितका
दलहरुलाई मिलाएर लानुपर्ने काँग्रेसको मुख्य दायित्व भएको उल्लेख गर्नुभयो । उपसभापति खड्काले संसदीय दलको नेतामा अन्य नेताहरुको आकांक्षालाई अन्यथा मान्नु नहुने टिप्पणी गर्नुभयो । व्यक्तिहरुको आकांक्षाकै बीचमा सर्वसहमतिको वातावरण बनाउने उहाँको भनाई छ । उहाँले सबैको महत्वकांक्षाहरुलाई त्यागेर सबैको सम्मान र भुमिका रहनेगरी अगाडी
बढ्नुपर्नेमा जोड दिनुभयो ।  उहाँले सत्तागठबन्धनकै सरकार बनाउने बताउनु भयो । वर्तमान गठबन्धनमा आवद्ध
दलहरुको साथै अन्य दलहरुलाई पनि जोडेर गठबन्धन दलकै नेतृत्वमा सरकार बनाउने उहाँले बताउनु भयो । त्यसका निम्ति काँग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले अन्य दलका नेताहरुसँग संवाद अगाडी बढाउनुभएको उहाँले
उल्लेख गर्नुभयो । सहमतिमै सरकारको नेतृत्वको चयन हुने उहाँले स्पष्ट पार्नुभयो ।  उहाँले कानून निर्माणको कामलाई तिब्र बनाउन र संसदलाई प्रभावकारी बनाउनका लागि नेपाली काँग्रेस र सत्तारुढ गठबन्धन प्रतिवद्ध रहेको बताउनु भयो ।
उपसभापति खड्काले बाँडेगाउँमा पुगेर नेपाली काँग्रेसका नेता स्व। कृष्णप्रसाद भट्टराईको शालिकमा माल्यार्पण गर्दै श्रद्धाञ्जली व्यक्त गर्नुभयो । उहाँले भट्टराई आफ्नो दर्शन गुरु र राजनीतिक गुरु भएको उल्लेख गर्दै आफूले कुनैपनि अभियान शुरु गर्नुपूर्व र परिणाम आएपछि भट्टराईको आश्रममा आएर आशिर्वाद लिने गरेको बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here