२०७९ मंसिर १० गते । काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचितहुनुभएका नेपाली काँग्रेसका नेता प्रकाशमान सिंह सहितको टोलिले विजयी जुलुसनिकालेको छ । काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभामा काँग्रेस नेता सिंह
र प्रदेश सभामा निर्वाचन १ (क) मा काँग्रेसबाट नै दीपेन्द्र श्रेष्ठ र निर्वाचन १ (ख) बाट काँग्रेसकै सुरजचन्द्र लामिछाने निर्वाचित हुनुभएको थियो । शुक्रवार निर्वाचन अधिृकृतले विजयी भएको प्रमाणपत्र दिएसँगै आज शनिवार नवनिर्वाचित

टिमले वजयी जुलुस निकालेको हो । विजयी जुलुसको कार्यक्रम बानेश्वर बैंक्वेटबाट शुरु भइ ओखरबोट मार्ग, रत्नराज्य स्कुल, पूजा प्रतिष्ठान, भेनस हस्पिटल, सानो गौचरण, सेतो पुल, मैतीदेवी, सूर्योदय स्कुल, घट्टेकुलो, वरको बोट, पुतलीसडक, पद्योदय, भृकुटीमण्डप, भद्रकाली, सुनधारा, भोटेबहाल, विश्वनिकेतन, त्रिपुरेश्वर, थापाथली, आलोकनगर,

प्रयागमार्ग, कोटेश्वर लगायत आफ्नो नर्वाचन क्षेत्रको परिक्रमा र मतदाताहरुसँग धन्यवाद ज्ञापन गर्ने कार्यक्रम रहेको छ । काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ बाट नेता सिंह १२५ को झिनो मतान्तरले विजयी बन्नुभएको थियो । उहाँको निकटतम प्रतिद्वन्दीका रुपमा राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले ७ हजार १८ मत प्राप्त गर्नुभएको थियो ।
नेता सिंह वि.सं.२०५२ सालमा राष्ट्रिय सभा सदस्य बन्नुभएको थियो भने २०६५ र २०७० मा संविधान सभा सदस्य र २०७४ मा प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here