काठमाडौं २१ कात्तिक  ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले देशको संस्कृति र सभ्यताको संरक्षण गर्न जरुरी रहेको बताउनुभएको छ ।  सोमवार काठमाडौंमा आयोजित ‘रानी माया’ गीतको भिडियो सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । मन्त्री श्रेष्ठले पर्यटन क्षेत्रको प्रवद्र्धनका लागि प्रकृति, संस्कृति र शाहसिक खेलहरुको विकास गर्न जरुरी रहेको पनि बताउनु भयो । उहाँले नेचर, कल्चर र एड्भान्चरलाई केन्द्रित गरेर नेपालले पर्यटन क्षेत्रको विकास गर्न आवश्यक भएको बताउनु भयो । उहाँले मन्त्रालयले प्रकृति, संस्कृति र शाहसिक खेलहरुलाई मध्यनजर
गरेर पर्यटन विकासका लागि काम अघि बढाइरहेको बताउनु भयो । उहाँले देशको पर्यटन विकासका लागि सिनेमा, गीतको भिडियोहरुमा नेपालमा नै रहेका मौलिकता झल्काउने ठाउँको प्रयोग गर्न आवश्यक रहेको बताउनु भयो । कार्यक्रममा महानायक राजेश हमालले रानी माया गीत हरेक दर्शकहरुका लागि मनोरञ्जन दिने सन्देशमुलक गीत रहेको बताउनु भयो ।
बोलको गीत ढाका टोपी फिल्म्सको प्रश्तुतिमा सार्वजनिक भएको हो । जिबी आग्रीको निर्देशनमा रहेको गीत श्रीकृष्ण बम मल्लको शब्द र कृष्ण बिकको संगीत छ । साथै गीतमा कृष्णलाई समीक्षा अधिकारीले स्वरमा साथ दिएकी छन् । ११ मिनेट लामो गीतमा गायक बिक र अनु आचार्यको अभिनय छ । गीतको छायांकन सञ्जय लामाले गरेका छन् भने कोरियोग्राफी कविराज गहतराजको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here