काठमाडौं २० कात्तिक ।
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले चरित्र हत्या हुनेगरी निर्वाचनको प्रचार नगर्न निर्वाचनका उम्मेदवारलाई सचेत गराउनु भएको छ । प्रमुख निर्वाचन आयुक्त थपलियाले नो नट अगेन भने पनि हुने तर गालीगलौजको भाषामा अर्को उम्मेदवारको चरित्र हत्या गर्ने काम नगर्न सबै उम्मेदवारहरुलाई पुनः सचेत गराउनु भएको हो । आईतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले निर्वाचनलाई द्वेषपूर्ण, घृणास्पद अभिव्यक्ति दिएर दुषित नपार्न भन्दै आयोगले स्पष्टिकरण सोधेको बताउनुभयो । उहाँले विज्ञहरुलाई पनि निर्वाचनमा गालीगलौजको भाषा प्रयोग नगर्न उम्मेदवारलाई सुझाव दिन आग्रह समेत गर्नु भयो । कार्यक्रममा प्रमुख आयुक्त थपलियाले आयोगले संचार संस्थाको अनुगमन नगर्ने बताउनु भयो । आयोगले आचारसंहीता पालना भए नभएको मात्र हेर्ने भएकोले कुनै शाखाले त्यस्तो स्पष्टिकरण सोधेको भए सच्याउने बताउनु भयो । प्रमुख निर्वाचन आयुक्त थपलियाले भन्नु भयो, ‘यो जहाँसम्म मिडियाको अनुगमन कुन चिट्ठी कहिले के लेख्यो भन्ने विषय चाँही ती गौण हुन । स्पष्टिकरण सोध्न एउटा टिम बनाइएको छ । उहाँहरुले हेर्नु हुन्छ । अनुगमन गर्नु हुन्छ । सिधा सोध्नु हुन्छ ? किनभने स्पष्टिकरण सोध्नका लागि आयोगले अधिकार प्रत्योजन गरेको छ । कारबाही चाँही आयोगले गर्नुपर्ने भएकाले पछि हुन्छ । हामी त्यसलाई सच्याउँछौंं । म फेरी पनि प्रष्ट पार्न चाहन्छु–आयोगले कुनै पनि मिडियाको अनुगमन गर्दैन । ग¥यो भने पनि के रहेछ भनेर थाहा पाउन मात्रै गर्छ । यदि आचारसंहिता विपरित काम भएको छ भने त्यो कुरा प्रेस काउन्सिलले हेर्ने हो । प्रमुख निर्वाचन आयुक्त थपलियाले सञ्चार माध्यामहरुले निर्वाचन आचारसंहिता पालना गरे÷नगरेको अनुगमन गर्ने काम आयोगको नभई प्रेस काउन्सिल नेपालको भएको पनि पटकपटक दोहो¥याउनु भयो ।








