काठमाडौं १६ कात्तिक ।

नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र० का अध्यक्ष पुष्पकमल दाहालले गोरखाबाट माओवादीलाई जिताएर संसारलाई देखाउनुपर्ने बताउनुभएको छ । बुधवार गोरखा–काठमाडौं सम्पर्क समन्वय समितिले आयोजना गरेको ‘निर्वाचन विशेष  राजनीतिक वैचारिक प्रशिक्षण कार्यक्रम’मा बोल्दै अध्यक्ष दाहालले गोरखाबाट माओवादीलाई जिताएर संसारलाई देखाउनुपर्ने बताउनुभएको हो । उहाँले गोरखामा माओवादी पार्टीलाई रेकर्डसहित विजय गराउनुपर्ने बताउनु भयो ।
उहाँले रेकर्डसहित जितेको नेता भनेपछि केन्द्रमा भुमिका खेल्ने शक्ति आर्जन हुने उल्लेख गर्नुभयो । उहाँले चुनाव जितिहालिन्छ भन्नेर ढुक्कसँग नबस्न नेता, कार्यकर्ताहरुलाई निर्देशन दिनुभयो । एक–एक मतको संरक्षण गर्न र मतलाई मतपेटिकासम्म पु¥याउन ध्यान दिन उहाँको आग्रह छ । उहाँले गोरखाबाट माओवादी देश र दुनियाँमा देखिनुपर्ने बताउनु भयो ।  अध्यक्ष दाहालले जनताको घर–घरमा गएर मतदाता शिक्षा दिन आग्रह गर्नुभयो । उहाँले आफू गोरखामा चुनाव लड्न आउनु गोरखाबासीका लागि चुनौती भएको पनि बताउनु भयो । आफू कहाँ जान्छ, कहाँ बस्छ भन्ने कुरा माइक्रोस्कोपबाट हेरिने गरेको भन्दै सो कुरा गोरखावासीका लागि चुनौती भएको उहाँको भनाई छ । उहाँले मनोनयन दर्ता गर्न जाँदा बाजा बजाएको सम्बन्धमा निर्वाचन आयोगले स्पष्टिकरण सोधेको विषय उल्लेख गर्दै आफ्नो बाजा बजाउने योजना नभएको बताउनु भयो । बाजा बजाउने निर्णय आफ्नो नभएकाले बाजा बज्दैछ भन्ने पनि थाहा नपाएको उहाँको भनाई छ । अध्यक्ष दाहालले राष्ट्रिय एकताको सन्देश दिनका लागि आफू गोरखामा गएर चुनाव लडेको बताउनु भयो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here