रौतहट,१० कार्तिक ।
जिल्ला समन्वय समितिले अबैध उत्खनन गर्ने टेकटरलाई नियन्त्रणमा लिएको छ । जिल्ला समन्वय समिति राैतहटका उपप्रमुख श्री महेश बैठाको नेतृत्वमा खोला अनुगमनकाे क्रममा अबैध रुपमा उत्खनन गरिरहेको बेलामा ना ४ त ३५३६ नम्बरको ट्रक्टर नियन्त्रणमा लिएकाे हाे । नियन्त्रणमा लिएको उक्त टेकटर दुधीअवा प्रहरी चौकीलाई जिम्मा लगाइएकाे जिल्ला समन्वय समिति राैतहटका निमित्त जिल्ला समन्वय अधिकारी जगत प्रसाद साहले जानकारी दिनु भएको छ ।







