२०७९ कात्तिक ६ गते । ट्रकको ठक्करबाट बाराको सिमरामा एक जना मजदुरको मृत्यु भएको छ ।

सिमरास्थित जगदम्बा स्टील्स उद्योगमा कार्यरत करैयामाई गाउँपालकिा ५ बस्ने ४० वर्षीय रामसुरत चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक युवराज तिमल्सिनाले जानकारी दिए ।

उद्योगभित्र प्रवेश गर्ने क्रममा प्रदेश २ ख ०३१६ नम्बरको ट्रकले चौधरीलाई ठक्कर दिएको थियो ।

ठक्करबाट बेहोस भएका चौधरीलाई वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचारका लागि पठाएकोमा चिकित्सकले चौधरीलाई मृत घोषणा गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here