काठमाडौं ३० असोज ।
नेकपा ९माओवादी केन्द्र० का अध्यक्ष पुष्पकमल दाहालले अबको देशको प्रमुख एजेण्डा विकास निर्माण र समृद्धि हुने दाबी गर्नुभएको छ । आईतवार काठमाडौंमा आयोजित काठमाडौं क्षेत्र नं। २ का प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य उम्मेदवारहरुको परिचय तथा निर्वाचन परिचालन समिति घोषणा सभामा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले अब पनि आर्थिक क्रान्तिको अभियानलाई एकसूत्रीय रुपमा अघि बढाउन नसके राजनीतिक परिवर्तनलाई पनि दिगो बनाउन नसकिने जिकिर गर्नुभयो । अध्यक्ष दाहालले आर्थिक क्रान्तिको अभियानलाई एकसूत्रीय रुपमा अघि बढाउन नसके स्थायित्व नआउने र देश निरंकुशता र अराजकताको भुमरिमा फस्ने दाबी गर्नुभयो । उहाँले आगामी निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर २ बाट गठबन्धनका उम्मेदवारहरुदलाई जिताएर राज्य र जनताको पक्षमा निरन्तर प्रगति गर्ने अवसर प्रदान गर्न मतदाताहरुलाई आग्रह गर्नुभयो । अध्यक्ष दाहालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीप्रति इंगित माओवादी
र सरकारसँगको शान्ति सम्झौताका बेलामा नेकपा एमालेको नेतृत्व ओलीले गर्नुभएको भए देशमा संघीय लोकतन्त्र नआउने र माओवादीसँग भएको १२ बुँदै सम्झौता हुन नसक्ने दाबी गर्नुभयो । उहाँले नेकपा एमाले अध्यक्ष ओलीलाई जालझेल गरेर नेतृत्वमा पुगेको आरोप पनि लगाउन भयो । उहाँले नेपाली काँग्रेस र नेकपा ९माओवादी केन्द्र० धेरै पहिलाबाट नै हँसिया हतौडा र रुखलाई एक बनाइसकेको भन्दै आगामी निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई जिताए काठमाडौं, निर्वाचन क्षेत्र नम्बर २ बाट एउटा विकासे मन्त्री बनाउने प्रतिवद्धता जनाउनु भयो । अध्यक्ष दाहालले आगामी निर्वाचनमा निर्वाचन चिन्हलाई लिएर आग्रह, पूर्वाग्रह हुने गरेको भन्दै कोही नअल्मिलइकन गठबन्धनका उम्मेदवारहरु जिताउन मतदान गर्न आह्वान गर्नुभयो ।








