२०७९ असोज २५ गते ।  सन् २०२२ को अन्तर्राष्ट्रिय रोबोटिक्स प्रतिष्पर्धामा भाग लिने यु–१८ खेलाडीहरुलाई बिदाइ गरिएको छ । सोमवार रोबोटिक्स एशोसिएशन लगायतका सम्बन्धित संघसंस्थाले नेपालको तर्फबाटप्रतिष्पर्धामा भाग लिने प्रतिष्पर्धीहरुको बिदाइ गरेको हो । यु १८ कोनेपाली खेलाडी टिमले स्विट्जरल्याण्डको जेनेभामा आयोजना हुनेअन्तर्राष्ट्रिय रोबोटिक्स प्रतिष्पर्धामा भाग लिनेछ । यो प्रतियोगिता असोज२७ गतेबाट ३१ गतेसम्म सञ्चालन हुनेछ । एशोसिएशनले विभिन्न समयमा गराउनेविद्यालयस्तरको प्रतियोगितामा उत्कृष्ट भएकाहरूलाई समेटेर राष्ट्रिय टिमबनाएको छ । प्रतियोगीहरुले नेपालले यस पटकको रोबोटिक्स प्रतिष्पर्धामा कुनैन कुनै टाइटल लिएर आउने बताए । यसपटक जलवायु परिवर्तनसँग सम्बन्धित कार्बनक्याप्चर भन्ने थिम रहेको र प्रतिष्पर्धाका लागि रोबोटका कामहरुलाई पूरागर्नेमा आफ्नो लक्ष्य रहने बताए ।

उनीहरुले नेपाल बलियो रहेकाले राम्रोस्थान हात पार्ने पनि दाबी गरे । रोबोटिक्स एशोसिएशन अफ नेपालमार्फत योप्रतिष्पर्धामा नेपाली विद्यार्थीहरू भाग लिँदै आएका छन् । कोभिडअघिएशोसिएशनले १८ वर्ष उमेर समूहका लागि विशेष किसिमको प्रतिष्पर्धागराउँथ्यो । त्यही प्रतिष्पार्धामा उत्कृष्ट भएकाहरू फस्र्ट ग्लोवलच्यालेन्जमा भाग लिन जान पाउने व्यवस्था थियो । कोरोनाका कारण सन् २०१९देखि यन्त्र प्रतिष्पर्धा भएको छैन । नेपालले सन् २०१८, २०१९ र २०२० र २०२१को प्रतिष्पर्धामा भाग लिएको छ । सन् २०२२ को प्रतिष्पर्धामा भौतिक
उपस्थिति जनाउँदैछ । सन् २०२० र २०२१ भर्चुअल माध्यमबाट सहभागिता जनाएकोथियो । नेपाली टिम सन् २०१९ मा उत्कृष्ट ३२ भित्र र सन् २०१८ को
प्रतिष्पर्धामा ९५ औं स्थानमा थियो । प्रतियोगिताका लागि यसअघि ओलम्पिक्समासहभागी हुने १ सय ८० मुलुकका प्रतियोगी सबैलाई एकै खालको रोबो किट उपलब्ध गराइएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here