रौतहट, १८ असोज ।
रौतहट जिल्लाको देबाही गोनाही नगरपालिकाले नगर अस्पताल को उदघाटन कार्य सम्पन्न गरेको छ । अगामी नगर प्रमुखको कार्यकालमा सिलान्यास गरिएको नगर स्तरिय अस्पतालको सोमबार एक कार्यक्रमका विच उदघाटन गरिएको हो । नगरस्तरिय अस्पतालको उदघाटन कार्य प्रमुख अतिथि नेकपा एमाले केन्द्रिय सदस्य एवम नेपाल सरकारका पुर्व मन्त्री प्रभु साहले गरेका छन् । नगरस्तरिय अस्पताल उदघाटन कार्यक्रममा नेकपा एमाले केन्द्रीय सदस्य एवम् पुर्व बिधायक कुन्दन कुश्वाहा, नेका एमालेका उपेन्द्र साह, जिल्ला अध्यक्ष त्रिभुवन साह, नगरका उपमेयर परनिया देवी लगायत नौ वटै वडाध्यक्षहरुको सहभागिता रहेको थियो । नगर प्रमुख प्रेमलाल साहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगरभित्र कार्यरत सम्पुर्ण स्वास्थ्यकर्मी, महिला स्वेमसेविका तथा कार्यालयका प्रमुख एवम लेखा प्रमुख प्रदिप यादव समेतको उपस्थिती रहेको थियो।








