१६ असोज, काठमाडौं । नेपालीहरुको महान चाड बडा दशैँ शुरु भएसँगै काठमाडौंबाट बाहिरिनेको संख्या
बढ्न थालेको छ । काठमाडौं उपत्यकाका प्रमुख नाकाहरुमा सवारी साधनको चाप बढेको छ भने
काठमाडौंबाट बाहिरिने दैनिक जसो लाखौँको संख्यामा मानिसहरु बाहिरिरहेका छन् । असोज १० गते सोमवारदेखि शुरु भएको दशैँ मनाउन उल्लेख्य मात्रामा सर्वसाधारण बाहिरिने गरेका छन् ।  दशैँको लागि सार्वजनिक बिदा शुरु भएसँगै
काठमाडौं उपत्यका छोड्नेको संख्या अझ बढेको छ । नेपालको सबैभन्दा धेरै जनसंख्या रहेको काठमाडौं शहरबाट आफ्नोआफ्नो गाउँ फर्किनेहरु बढेसँग काठमाडौंका भित्रि गल्लीहरुमा चहलपहल कम हुन थालेको छ ।

काठमाडौंउपत्यकाबाट बाहिरी जिल्ला जाने नाकाहरु कोटेश्वर,नागढुंगा, कलंकी लगायत स्थानमा आम सर्वसाधारणहरुको भीड उल्लेख्य रहेको छ । नेपालीहरुको महान चाड बडा दशैँको आगमनसँगै देशका विभन्न शहरहरुबाट गाउँ फर्किनेको लर्को छ । काठमाडौंबाट बाहिरिने मात्रै नभइ काठमाडौं भित्रिनेहरुको संख्या पनि केही बढेको छ ।

नवरात्र शुरु भएसँगै रोजगारी र अध्ययनको सिलसिलामा काठमाडौं आएकाहरु गाउँ फर्किन थालेका हुन् । यातायात व्यवस्था विभागले अग्रिम टिकट खुलाएर यातायातको सहज व्यवस्थापन गर्ने भनेपनि यात्रुहरु भने अग्रिम काटेको
टिकट पनि नपाएको गुनासो गरिरहेका छन् । नयाँ बसपार्क, गौशाला, कोटेश्वर लगायतका स्थानमा टिकट काटेर घर फर्किने यात्रुको लर्को देख्न सकिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here