महोत्तरी,८, असोज ।
महोत्तरीमा एक महिला मृत अवस्थामा फेला परेकी प्रहरीले जनाएको छ । जिल्लाको मट्टिहानी वडा नम्बर १ सानो धिरापुर बस्ने अन्जादी ४० वर्षीया अमना खातुनको शव भेटिएको प्रहरीले जनाएको छ । शुक्रवारसाँझ घाँस काटन जंगल गएकी महिलाको शव घरबाट करिब एक किलोमिटर दूरीमा फेला परेको प्रहरीले जनाएको छ । शरीरमा चोट पटक लागेको अवस्थामा बासघारीमा ती महिलाको शव फेला परेको प्रहरीले जनाएको छ । महिलाको हत्या भएको प्रहरीले अनुमान गरेको छ । घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । यस्तै, मृतकको श्रीमान र एक छोरा वैदेशिक रोजगारीमा रहेका छन् ।







