काठमाडौं,८,असोज ।
नेपाल स्काउटले अन्तर्राष्ट्रिय शान्ति दिवसको अवसरमा साइकल ¥याली गरेको छ । शनिवार अन्तर्राष्ट्रिय शान्ति दिवस २०२२ को अवसरमा स्काउटले काठमाडौं उपत्यकामा विभिन्न जनचेतनामुलक कार्यक्रमसहित साइकल ¥याली गरेको हो । काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट शुरु भएको याली वसन्तपुरमा गएर टुंगिएको थियो । याली तारकेश्वर नगरपालिकाबाट शुरु भइ वसन्तपुरमा आएर सकिएको छ । नेपाल स्काउटको आायेजनामा भएको साइकल ¥यालीमा विभिन्न स्थानबाट गरी १ हजार भन्दा बढीले सहभागीता जनाएका थिए । साइकल याली सकिएपछि वसन्तपुरमा नेपाल स्काउटका राष्ट्रिय संयोजक लोकबहादुर भण्डारीले जातीय भेदभावको अन्त्य गर्दै विश्व शान्तिको अभियानमा स्काउटले काम गरिरहेको बताउनु भयो । उहाँले कुनैपनि बालबालिकामाथि हुने हिंसा र अन्य हिंसात्मक गतिविधि नहोस् भन्नका लागि स्काउटले अन्तर्राष्ट्रिय शान्ति दिवसको अवसरमा शान्तिपूर्ण र सचेतनामुलक कार्यक्रमको आयोजना गरेको बताउनु भयो । उहाँले नेपाल शान्तिप्रिय बुद्धभूमि भएकाले पनि सबै नेपालीले शान्तिको लागि आह्वान गर्नुपर्ने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘हामी जातीय भेदभावको अन्त्य गर्दै विश्व शान्तिको अभियानमा हामी लागि परेका छौँ । कुनैपनि हिंसा नहोस् भनेर स्काउटले यो अभियान शुरु गरेको छ । शान्तिको लागि आह्वान गर्न अनुरोध गर्दछु । त्यस्तै नेपाल स्काउट तारकेश्वर नगरपालिकाका उपसंयोजक पूर्णप्रसाद तिमिल्सिनाले अन्तर्राष्ट्रिय शान्ति दिवस २०२२ को अवसरमा शान्तिपूर्ण कार्यक्रम गरेर शान्तित्वको स्थापना गर्नुपर्ने सन्देश दिएको बताउनु भयो । उहाँले साइकल यालीमा करिव १ हजार जनाले सहभागिता जनाएको बताउनु भयो । उहाँले ¥याली तारकेश्वर नगरपालिकाबाट शुरु भइ वसन्तपुरमा पुगेर सकिएको बताउनु भयो । साइकल यालीमा भक्तपुर, पाटन, तारकेश्वर, टोखा लगायत काठमाडौं उपत्यकाका विभिन्न नगरपालिकाहरुबाट शान्तिको सन्देशका लागि आम नागरिकहरुको सहभागीता रहेको थियो ।








