काठमाडौं,८,असोज ।
नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपालमा भूराजनीतिक संकट निम्तिएको बताउनुभएको छ । नेपाल समाजवादी पार्टीले चाडबाडको अवसर पारेर शनिवार ९आज० काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । अध्यक्ष भट्टराईले नेपालको भूराजनीतिक संकटमा अमेरिका, चीन र भारतबीच तानातान भइरहेको बताउनु भयो । उहाँले भूराजनीतिक संकटका कारण देशमा संघीयतालाई कमजोर पार्ने, अर्थतन्त्रलाई कमजोर पार्ने र अराजकता निम्त्याउने प्रयास भइरहेको बताउनु भयो । अध्यक्ष भट्टराईले संकटलाई ध्यान
दिँदै देशलाई नयाँ दिशा दिलाउनको निम्ति अहिलेदेखि नै तयारी गर्न आवश्यक रहेको उल्लेख गर्नुभयो । उहाँले केही समय यता नेपालमा राजनीतिको गम्भीर ढंगले स्खलन भएको दाबी गर्नुभयो । अध्यक्ष भट्टराईले भन्नुभयो, ‘यो निर्वाचनपछि नयाँ राजनीतिक ध्रुवीकरण हुँदै अग्रगमनतर्फको दिशामा अघि बढ्नेछ । किनकी पुराना शक्तिहरुले यो देशलाई झन बर्बादीतिर लिएर जाँदैछन् । जुन भूराजनीतिक संकट चीन अमेरिकाबीचको तानातान बढ्दैछ । यसले देशमा फेरि नयाँ ढंगले अराजकता ल्याउने र संघीयतालाई झनै कमजोर पार्ने, अर्थतन्त्रलाई झनै कमजोर बनाउने काम गर्दैछन्, ठूलो संकट आउँदैछ । त्यो संकटलाई थामेर देशलाई नयाँ दिशा दिलाउनको निम्ति हामीले अहिलेदेखि नै तयारी गर्न आवश्यक छ । त्यसैले यो निर्वाचनलाई सामान्य नठानीकन अग्रगामी, प्रगतिशील, समाजवादी शक्तिहरुलाई बलियो बनाउने गरेर हामी अघि बढौं । केही समय यता नेपालमा राजनीतिको गम्भीर ढंगले स्खलन भएकै हो ।’ बाइट।।।डा। बाबुराम भट्टराई, अध्यक्ष, नेपाल समाजवादी पार्टी अध्यक्ष भट्टराईले तत्कालीन केपी शर्मा ओलीको सरकारले संघीयताको सबलीकरण
गर्नुको सट्टा कमजोर बनाउने प्रयास गरेको आरोप लगाउनु भयो । उहाँले हालै मात्र पनि राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेर पूर्ण असंवैधानिक कदम चालेको आरोप लगाउनु भयो । अध्यक्ष भट्टराईले
राज्यका सबै अंगहरुमा बेथिति भित्रिएको र यस्ता बेथितिले संघीय लोकतान्त्रिक गणतन्त्र नै गम्भीर खतरामा परेको जिकिर गर्नुभयो । अध्यक्ष भट्टराईले सबैले आग्रह, पूर्वाग्रह, स्वार्थलाई छोडेर संघीय लोकतान्त्रिक गणतन्त्रलाई बचाउन आवश्यक रहेको बताउनु भयो । उहाँले बजारमा बनेको सामाजिक सञ्जालरुपी विषालु मादक पदार्थले मानिसको चेतना र विचार नै
विभ्रमति पार्ने काम गरिरहेको बताउनु भयो । उहाँले शंकटकाल घोषणा गर्ने, टाउकोको मूल्य तोक्ने प्रतिग्रामी शक्तिले अहिले देशलाई अस्थिरतातर्फ लगेको बताउनु भयो ।







