काठमाडौं,९,भदौ  ।

महाअभियोग सिफारिस समितिले प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबरालाई बयानको
लागि बोलाएको छ ।  बुधवार सिंहदरबारमा बसेको समितिको बैठकले प्रधानन्यायाधीश चोलेन्द्र समशेर
जबरालाई बयानका लागि भदौ १५ गते ११ बजे बोलाउने निर्णय गरेको हो । बैठकपछि
निर्णय सुनाउँदै समितिका सभापति रामबहादुर बिष्टले सो कुराको जानकारी
दिनुभएको हो । उहाँले समितिको बैठकले समितिको आन्तरिक कार्यविधि संशोधनसहित
स्वीकृत गरिएको बताउनु भयो । बैठकको निर्णय सुनाउँदै समिति सभापति बिष्टले
महाअभियोग सिफारिस समितिले समितिको आन्तरिक कार्यविधि
संशोधनसहित स्वीकृत गरिएको छ । दोस्रो, समितिको कार्यतालिकालाई
परिमार्जनसहित स्वीकृत गरिएको छ । प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबरालाई
मिति २०७९÷०५÷१५ गते ११ बजे सोधपुछ बयानको लागि बोलाउने निर्णय गरियो ।’
बैठकले समितिको कार्यतालिकालाई पनि परिमार्जनसहित स्वीकृत गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here