काठमाडौं,८,भदौ ।
प्रमुख प्रतिपक्ष दल नेकपा ९एमाले० ले प्रधानन्यायाधीश चोलेन्द्र समशेर
जबराबिरुद्धको महाअभियोग प्रश्तावमाथि छलफल गर्न ढिलाइ गर्नुको कारण माग
गरेको छ । मंगलवार सिंहदरबारमा बसेको महाभियोग सिफारिस समितिको बैठकमा बोल्दै एमालेका
सांसद विष्णु पौडेलले महाअभियोग प्रश्ताव दर्ता हुँदा सदन नचलेको भए १५
दिनभित्र सदन बोलाउनुपर्ने र सदन चलेको भए ३ दिनभित्र महाअभियोग प्रश्तावमा
छलफल गर्नुपर्ने व्यवस्थाको उल्लंघन भएको भन्दै बिरोध जनाउनु भयो । उहाँले
महाअभियोग प्रश्ताव दर्ता भएको ६ महिनासम्म पनि छलफलमा नल्याइनु गम्भिर
विषय भएको बताउनु भयो । उहाँले महाअभियोग पारित गर्नका लागि ल्याइएको हो कि
केवल प्रश्ताव दर्ता गरेर न्यायालयलाई प्रभावित पार्न खोजिएको हो यसको जवाफ
दिन माग गर्नुभयो ।
छलफलमा ढिलाई गर्नुका कारणबारे जवाफ नपाएसम्म सिफारिस
समितिका सदस्यहरुले प्रभावकारी ढंगले काम गर्न नसक्ने उहाँले बताउनु भयो ।
के प्रश्न उठ्छ भने यो महाअभियोग के का लागि ल्याइएको
थियो त रु महाअभियोग प्रश्ताव पास गरेर, आरोप पुष्टि गरेर निर्णयमा पुग्नको
निम्ति अघि सारिएको थियो कि रु प्रश्ताव दर्ता गरेर न्यायालयलाई प्रभावित
गर्ने हिसावले के उद्देश्यले ल्याइएको थियो रु छ महिनासम्म किन छलफलको विषय
बनाइएन रु नेपाली जनताले र हामी समितिका सदस्यहरुले पनि यो प्रश्नको जवाफ
जान्न चाहन्छौँ । यो प्रश्नको जवाफ नपाइकन समिति सदस्यहरुले यो जिम्मेवारी
प्रभावकारी ढंगले सम्पादन गर्नसक्छौँ भन्ने मलाई लाग्दैन ।
सांसद पौडेलले संघ र प्रदेश तहको निर्वाचनको मिति घोषणा भइसकेको र समितिलाई
३ महिनाका लागि समय दिएको उल्लेख गर्दै यस्तो परिस्थितिमा छानबिनका लागि
कठिनाइ हुनसक्ने बताउनु भयो । समितिको बैठक बुधवार दिउँसो २ बजे पुनः
बस्नेगरी बोलाइएको छ ।








