काठमाडौं,७,भदौ  ।

नेकपा ९माओवादी केन्द्र० का अध्यक्ष पुष्पकमल दाहालले पार्टीमा राम्रो काम
गर्नेलाई प्रोत्साहन र नराम्रो काम गर्नेलाई दण्डित गर्नुपर्ने बताउनुभएको
छ । सोमवार गत स्थानिय निर्वाचनमा पार्टीमाथि अन्तर्घात गर्ने नेताहरुको छानबिन
गर्न गठित टंक राई नेतृत्वको समितिको प्रतिवेदन बुझ्दै अध्यक्ष दाहालले
यस्तो बताउनुभएको हो । उहाँले पार्टीलाई अनुशासनमा चलाउनका लागि समिति गठन
गरेर अन्तर्घातको छानबिन गरिएको बताउनु भयो । उहाँले राम्रो काम गर्नेलाई
प्रोत्साहित गर्ने र नराम्रो काम गर्नेलाई दण्डित नगर्ने हो भने पार्टी
कम्युनिष्ट पार्टी जस्तो नरहने बताउनु भयो । अध्यक्ष दाहालले पार्टीलाई
विधिसम्मत् रुपमा चलाउने पनि बताउनु भयो । यो कुरा कुनै
खास ठाउँमा भएका अनियमितता वा गढबडीहरुलाई सच्याउने कुरासँग मात्रै
सम्बन्धित छैन । यो पार्टीलाई विधिसम्मत तरिकाले र अनुशासनमा राखेर चलाउने
विषयसँग बढी सम्बन्धित छ । त्यसकारण राम्रो गर्नेलाई प्रोत्साहित गर्ने र
नराम्रो गर्ने, अनुशासन तोड्ने र अराजकतातिर जानेहरुलाई दण्डित गर्ने यो
प्रक्रिया अगाडी नबढाउने हो भने कम्युनिष्ट पार्टी कम्युनिष्ट पार्टी जस्तो
रहँदैन । त्यसकारण हाम्रो उद्देश्य पार्टी निर्माण प्रक्रियालाई व्यवस्थित
पार्नेसँग सम्बन्धित छ । यो छानबिन नगरीकन दोषीलाई कारबाही गर्ने प्रक्रिया
अगाडी नबढाइकन पार्टी निर्माण, कम्युनिष्ट आन्दोलनको पुनर्गठन र हामीले जे
सपना देखेका छौँ समाजवादतिरको यात्रा, सम्भव छैन । त्यसकारण हाम्रो पार्टी
केन्द्रले समग्र रणनीतिक विषयलाई सैद्धान्तिक रुपले विचार गरेर नै यो
छानबिन समिति बनाएको हो । उहाँले छानबिन समितिले विभिन्न नेता कार्यकर्तालाई निलम्बन, निष्काशन र
चेतावनी दिनुपर्ने निस्कर्ष निकालेको भन्दै प्रतिवेदनको सम्बन्धमा पार्टीको
पदाधिकारी र स्थायी कमिटी बैठकमा छलफल गरेर आवश्यक कारबाही गरिने बताउनु
भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here