काठमाडौं,३,भदौ ।
नेपाली काँग्रेसका सांसद गगनकुमार थापाले राष्ट्रपति विद्यादेवी भण्डारीले
उठाउनुभएको लैङ्गिक समानताको दृष्टिकोणबाट प्रशस्त छलफल र सुधार गर्नुपर्ने
विषयमा विशेष छलफल हुनुपर्ने बताउनुभएको छ । बिहीवार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद थापाले लैङ्गिक समानताको दृष्टिकोणबाट प्रशस्त छलफल र सुधार गर्नुपर्ने विषयमा विशेष छलफल हुनुपर्ने
बताउनुभएको हो । उहाँले राष्ट्रपतिले केही महत्वपूर्ण विषय उठाएर संसदमा
पुनः पठाउनुभएको स्वीकार गर्नुभयो । उहाँले अहिलेको विधेयकले कतिपय
आवश्यक्तालाई नछुने पनि बताउनु भयो । उहाँले विधेयक पास नगर्दा नेपाली
नागरिकहरु नै अधिकारबाट वञ्चित रहने पनि बताउनु भयो । सांसद थापाले
राष्ट्रपति भण्डारीले आमाको आत्मसम्मानमा चोट नपुगोस् भन्नेतर्फ सचेत
गराएको पनि बताउनु भयो । उहाँले वैवाहिक अंगीकृतका सम्बन्धमा राष्ट्रपति
भण्डारीले साझा अवधारणा निर्माण गर्नुपर्छ भन्ने कुरा नराम्रो नभएको बताउनु
भयो । वैवाहिक अंगीकृतका सम्बन्धमा जाँदा पनि लैंगिक समानता हुने गरेर वर्ष
राखेर विधेयक पास हुनुपर्ने बताउनु भयो ।
‘राष्ट्रपतिले केही महत्वपूर्ण विषय उठाएर संसदमा पुनः
पठाउनुभएको छ । प्रादेशिक पहिचानको व्यवस्था, समानार्थ नागरिकता प्राप्तिका
लागि लगायत संविधान प्रदत्त नागरिकता सम्बन्धी सबै प्रावधानलाई
समेट्नुपर्ने विषय उठाउनुभएको छ । लैङ्गिक समानताको दृष्टिकोणबाट प्रशस्त
छलफल र सुधारका ठाउँहरु छन् भन्ने विषयहरु पनि उठाउनुभएको छ । खास गरेर
आमाको आत्मसम्मानको विषय । महत्वपूर्ण कुरा जुन हामीले विधेयक बन्ने बेलामा
पनि छलफल गरेका थियौँ । संशोधन पनि राखेका थियौँ । खास गरेर आमाको
आत्मसम्मानमा चोट नपुगोस् भन्नेतर्फ हामी सबै सचेत रहने कुरालाई गम्भीरताका
साथ उठाउनुभएको छ । केही कुराहरुका लागि भने संविधान नै संशोधन गर्नुपर्ने
हुन्छ । वैवाहिक अंगीकृतका सम्बन्धमा सम्माननीय राष्ट्रपतिज्यूले साझा
अवधारणा निर्माण गर्नुपर्छ भन्नुभएको छ, त्यो ठिक हो । हामीले आज यो विधेयक
पारित गरेनौँ भने वैवाहिक अंगीकृतको सम्बन्धमा ७,८,९ वर्ष जे भन्छौं त्यो
व्यवस्था लागू हुन्छ भन्ने लाग्छ । तर त्यो सत्य होइन भन्ने हामी सबैलाई
थाहा छ । यो विधेयक पारित गरेनौँ भनेपनि वैवाहिक अंगीकृत नागरिकताको
सन्दर्भमा त एउटा व्यवस्था छ । वैवाहिक अंगीकृतका सम्बन्धमा बितेको ४०
वर्षदेखि एउटै व्यवस्था छ । आज यो विधेयक रोक्दा नेपाली नागरिकबाट
जन्मिएकाले नागरिकता पाउँदैनन् । तर वैवाहिक अंगीकृतका सम्बन्धमा हामीले
रोकेपनि पाउँछौँ । त्यो प्रावधान त छ । वर्ष राखौँ तर राख्दै गर्दा लैंगिक
समानता हुनुपर्छ । सरकारले ल्याउँदै गर्दा तत्काल जे आवश्यक छ त्यो ल्याएको
छ, भोलि संशोधन गर्दै जाने हो । सांसद थापाले संविधानले नछोएको बारेमा संसदमा चर्चा भइरहेको बताउनु भयो ।
उहाँले संविधान संशोधन गरेर भएपनि अहिलेको व्यवस्थालाई नछोएको कुरामा छलफल
गर्नुपर्ने बताउनु भयो ।








