काठमाडौं,३,भदौ ।
नेकपा ९माओवादी केन्द्र० की सांसद अञ्जना बिशंखेले राष्ट्रपति विद्यादेवी
भण्डारीले विवेकको प्रयोग गर्न नसकेको आरोप लगाउनुभएको छ ।
बिहीवार प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले यस्तो आरोप लगाउनुभएको हो ।
उहाँले संसदमा कसैले पनि विवेकको प्रयोग गर्न नसकेको बताउनु भयो । सांसद
बिशंखेले संसदमा भएका सांसदहरुलाई विवेक प्रयोग गर्नसक्ने हिम्मत देखाउन
चुनौती दिनुभयो । उहाँले नागरिकतामा राजनीति गर्नु नहुने भन्दै सबै नेपाली
नागरिकले नागरिकता पाउनुपर्ने बताउनु भयो । उहाँले नेपाली नागरिकसँग विवाह
गर्नेले बस्न चाहेमा वा नचाहेमा पनि सहज रुपमा नागरिकता दिनुपर्ने बताउनु
भयो । उहाँले नागरिकताको बारेमा फरक रुपमा रहँदा फरक तर्क गर्न नमिल्ने
बताउनु भयो । आजपनि हामीले छोरा र छोरीलाई विभेद गर्ने वहस सिर्जना
गरिरहेका छौँ । यो वहसको बिरोध गर्न चाहन्छु । महिला निरीह हुँदैन । नेपाली
चेलीसँग विवाह गर्ने पुरुषले नेपालमा बस्छु भन्दा नागरिकता दिन सक्ने
वातावरणबाट कसरी हल गर्ने रु यो वहस पनि छैन । यहाँ कुन कोणबाट वहस भइरहेको
छ । छोरीसँग विवाह गरेर आउने ज्वाईंले चाहन्छन् भनेपनि र छोरासँग विवाह
गरेर आउने बुहारीले चोहमा पनि नागरिकता दिन सक्नपर्छ । जानपनि सक्छन्
आउनपनि सक्छन्, उनीहरुलाई पनि नागरिकता सहज ढंगले दिनुपर्छ । थर फेर्न, नाम
फर्न चाहनेलाई पनि नागरिकता दिनुपर्छ । यो नागरिकता दिनुपर्छ भन्ने विषय हो
। एउटै विषयलाई नेकपामा आउँदा अर्कै, एमाले बन्दा अर्कै, गठबन्धन गर्दा
अर्कै किन रु विवेकको प्रयोग गरौँ । मेरो प्रश्न र चुनौती छ विवेकको प्रयोग
गर्न सक्नुहन्छ रु ठूला वहस गर्नेलाई मेरो चुनौती छ । इभन सम्मानित
राष्ट्रपति जस्तो पदमा बसेर त विवेकको प्रयोग गर्न सक्नुभएन । अरुको के
कुरा गर्ने । सांसद बिशंखेले सहज रुपमा नागरिकता दिने कुरामा सोच्न आवश्यक रहेको बताउनु
भयो ।







